News Portal

धरानका हर्क साङपाङको पार्टीमा आदिवासीको दबदबा, पदाधिकारीमा खस आर्य छैनन्

२९१ पटक

धरान, कार्तिक १४ – धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई, उर्फ हर्क साङपाङले नेतृत्व गर्ने ‘श्रम संस्कृति पार्टी’को २८ सदस्यीय केन्द्रीय समितिमा आदिवासी जनजातिको संख्या निकै बढी रहेको छ। नामावली अनुसार केवल ३ जना खस आर्य छन् भने पाँच पदाधिकारीमध्ये एक पनि खस आर्य छैनन्।

पार्टीले गत असोज ६ गते निर्वाचन आयोगमा दर्ता निवेदन दर्ता गरेको थियो। समितिका पाँच पदाधिकारीमा अध्यक्ष साङपाङ, उपाध्यक्ष राजकुमार तामाङ लामा, महासचिव आरेन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन्। पदाधिकारीहरू बिभिन्न स्थानबाट आएका छन् — उपाध्यक्ष लामा बुढानीलकण्ठ, महासचिव राई खोटाङ, कोषाध्यक्ष राई झापा र प्रवक्ता गुरुङ सुनसरीका हुन्।

केन्द्रीय सदस्यहरूमा पञ्चलाल तामाङ, आशा लामा, लक्ष्मी राई, समीर तामाङ, मेघराज दुलाल, पुष्पा राई, धनबहादुर श्रेष्ठ, गोपालबहादुर खड्का, लोकनाथ चुडाल, सुनिता राई, चन्द्रकला यासा, मिश्रा राई, दीपेन्द्र डंगोल, सुन्दर लामा, अञ्जली राई, सुवास घिसिङ, रेणुका राई, जितेन राई, अम्बिकादेवी संग्रौला, प्रसाद राई, रमन राई र सुरेश घिसिङ रहेका छन्।

दल दर्ता प्रक्रिया अनुसार अध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यले कात्तिक २ गते आयोगमा सनाखत गरिसकेका छन्। आयोगले ५ सय सदस्यको सनाखत पूरा हुनुपर्ने व्यवस्था अनुसार प्रक्रिया पूरा नभएको जनाएको छ।

पार्टीको २८ सदस्यीय समितिमा महिला सदस्यको हिस्सा ३५ प्रतिशत रहेको छ। एक पदाधिकारीसहित १० जना महिला सदस्य केन्द्रीय समितिमा छन्। कुल २४ जना सदस्य आदिवासी जनजाति समुदायका छन्, जसले समितिमा ८५ प्रतिशत प्रतिनिधित्व गर्छ। बाँकी चार जना मात्र खस आर्य समुदायका सदस्य छन्।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...