News Portal

जनकपुर गेष्टहाउसमा युवकको हत्या गरेको आरोपमा पक्राऊ परेकी महिला सार्वजनिक

२८३ पटक

जनकपुरधाम, साउन ५  — जनकपुरधामस्थित एसपी एण्ड गेष्टहाउसमा एक युवकको रहस्यमय हत्या भएको छ । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक युवतीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

धनुषा प्रहरीले दिएको जानकारीअनुसार महोत्तरीको बलवा नगरपालिका–७ की २४ वर्षीया जुली झालाई सोमबार पक्राउ गरिएको हो । उनलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाइएको छ ।

हत्या भएको युवक महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय विमलेश यादव उर्फ ‘शनि’ हुन् । प्रहरीका अनुसार शनिबार राति ९:५५ बजे उनी र जुली झा एकैसाथ जनकपुरधामको सो गेष्टहाउसमा प्रवेश गरेका थिए । त्यसपछि के भएको थियो भन्नेबारे पूर्ण विवरण बाहिर आइसकेको छैन, तर प्रारम्भिक अनुसन्धानले शनि माथि छुरा प्रहार गरिएको र उनलाई गेष्टहाउसको पहिलो तल्लाबाट धकेलिएको संकेत गर्छ ।

घाइते अवस्थामा उद्धार गरिएका शनि उपचारको क्रममा आइतबार बिहान ज्यान गुमाएका थिए । घटनापछि झा गेष्टहाउसबाट फरार भएकी थिइन् । तर, गेष्टहाउसको सीसीटीभी फुटेजमा उनलाई घटनास्थलबाट भाग्दै गरेको दृश्य स्पष्ट देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले शनि यादवको हत्यामा जुली झाको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको छ । दुवै जना होटलमा एकैसाथ प्रवेश गरेको विवरण र हत्या हुनुअघि देखिएका गतिविधिहरूका आधारमा अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...