News Portal

  • जनकपुरको होटलमा हत्या : विवाहेत्तर सम्बन्ध र पैसाको लेनदेन विवाद मुख्य कारण, युवती पक्राउ

    २०० पटक

    जनकपुरधाम, साउन ५ – महोत्तरीका एक युवाको जनकपुरस्थित होटलमा भएको रहस्यमय हत्या पछाडि विवाहबाहिरको सम्बन्ध र ठूलो रकमको लेनदेनसँग जोडिएको विवाद रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    मृतक २८ वर्षीय विमलेश यादव (शनी), महोत्तरी गाउँपालिका–१ पर्साका बासिन्दा हुन्। शनिबार राति जनकपुरको एसपी एण्ड गेष्टहाउस होटलमा उनी एक युवतीसँग पुगेका थिए। राति करिब ९:५५ बजे होटलमा प्रवेश गरेका उनी केही घण्टापछि आइतबार बिहान २:५७ बजे नग्न अवस्थामा रगताम्य अवस्थामा पहिलो तलाबाट खसेका थिए।

    सिसीटिभी फुटेजका आधारमा घटना गम्भीर र योजनाबद्ध देखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। विमलेश खसेको पाँच मिनेटपछि ती युवती पनि तल झरेर युवकको नजिकबाट भाग्दै गएको देखिन्छ। त्यसपछि पुगेको प्रहरी टोलीले गम्भीर अवस्थामा रहेका विमलेशको बयान लिएको थियो। उनले आफैं हिँडेर एम्बुलेन्स चढेका थिए।

    तर उपचारको क्रममा आइतबार बिहान ७:४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उनको मृत्यु भयो।

    प्रहरीले संलग्न आशंकामा महोत्तरीकै बलवा नगरपालिकाकी करिब २४ वर्षीया जुली झालाई आइतबार दिउँसो पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जनाएका छन्।

    प्रहरी स्रोतका अनुसार जुलीसँगको सम्बन्ध करिब ३ वर्ष पुरानो हो। मृतक विवाहित थिए र उनका दुई सन्तान छन्। सम्बन्धबारे दुबै परिवारलाई थाहा थियो।

    दुई वर्षअघि उनीहरूबीचको कुराकानीको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। त्यसपछि मोबाइल नम्बर परिवर्तन गरेर सम्पर्कविहीन रहने सहमति पनि भएको थियो। तर विदेश गएका विमलेशले युवतीसँग निरन्तर सम्पर्क राखिरहे। विदेशबाट पठाएको करिब २७ लाख रुपैयाँको भौचर पनि उनीहरूको सम्बन्धको गवाही बन्न पुगेको छ।

    परिवारका अनुसार, युवतीले छुट्टिने इच्छा व्यक्त गरेपछि विमलेशले खर्चिएको पैसा फिर्ता मागेका थिए। यही विषयले दुबैको सम्बन्ध तनावमा पुगेको थियो।

    प्रहरीले युवतीबाट घटनाको दिन र त्यसअघि भएका कुराकानी तथा गतिविधिहरूको विवरण संकलन गरिरहेको छ। साथै घटनास्थलको सिसीटिभी फुटेजमा १७ सेकेण्ड बन्द भएको परिवारको दाबीलाई लिएर अनुसन्धानको दायरा अझै फराकिलो बनाइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...