News Portal

प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता, विकास सहकार्य र ‘एक चीन नीति’लाई लिएर गहिरो छलफल

२८७ पटक

काठमाडौं, साउन ६ – मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

भेटमा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा गहिरो विचारविमर्श भएको थियो। प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको मित्रवत् सम्बन्ध लामो समयदेखि विश्वास, सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गर्दै नेपाल एक–चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको कुरा पुनः दोहोर्याए।

उहाँले हालैको आकस्मिक बाढीका कारण क्षतिग्रस्त रसुवागढी नाकामा चीनले देखाएको प्राथमिकतापूर्ण सहयोगप्रति आभार प्रकट गर्नुभयो। साथै, नेपाललाई भू–परिवेष्टित राष्ट्रबाट भू–जडित राष्ट्रमा रूपान्तरण गर्ने अभियानमा किमाथांका लगायत अन्य नाकाहरूको सञ्चालन र ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका परियोजनाहरूलाई अवरोधरहित रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

उक्त अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत चेन सोङको पनि उपस्थिति रहेको थियो।

यसअघि सोमबार सिड्का प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी विकास साझेदारी, हाल सञ्चालनमा रहेका तथा भविष्यमा सञ्चालन हुने परियोजनाहरूबारे छलफल गरेको थियो। सोही दिन चार वटा परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षरसमेत भएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...