News Portal

थापाथलीमा ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर

११३ पटक

काठमाडौं, कात्तिक १६ – काठमाडौं महानगरपालिकाले आइतबार थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउने अभियान थालेको छ।

महानगरको डोजर टोली बिहानै सो स्थान पुगेको थियो। महानगरका अनुसार उक्त बिट सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको हो। यसअघि नै महानगरले उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्र पठाउँदै संरचना हटाउन आग्रह गरेको थियो।

तर ट्राफिक प्रहरीले भने सो बिट सन् १९७३ (२०३० साल) देखि नै स्थायी रूपमा सञ्चालनमा रहेको बताउँदै विरोध जनाएको छ। प्रहरीका अनुसार बिट हटाउँदा क्षेत्रको ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने चिन्ता व्यक्त गरिएको छ।

घटनास्थलमा केहीबेर विवाद भए पनि अहिले स्थिति सामान्य भएको महानगरका स्रोतले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...