News Portal

  • रंगेली बिधुत प्राधिकरणमा १ बर्षमा १६ करोडौं १६ लाख बराबरको राजस्व संकलन

    हिमाली संचार संवाददाता
    १०४९ पटक

    रबिन्द्र बराल
    मोरङ : नेपाल बिधुत प्राधिकरण रंगेली बितरण केन्द्रलेे २०७४/७५ सालकाे अार्थिक बर्षमा १६ करोडौं १६ लाख ११ हजार १ सय ८८ रुपैयाँ ५९ पैसा बिधुत महसुसबाट राजस्व उठाउन सफल भएको छ । यस बितरण केन्द्र बाट रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, रतुवामाई नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, धनपालथान गाउँ पालिका, कानेपाेखरी गाउँपालिका गरि जम्मा ४१ हजार ९ सय ४४ घर धुरीलाई सेवा दिईदै अाईरहेका छन ।

    बिधुत प्राधिकरणले कालाे सुचिमा रहेका ग्राहाक बाट २ लाख ४१ हजार ५सय ६७ रुपैया ९ पैसा रकम समेत उठाएकाे छ । त्यसैगरी चाेरी गरेर  बिधुत प्रयाेग गर्ने १ सय ५७ ग्राहकबाट १० लाख ११ हजार ५ सय ८३ रुपैयाँ ५० पैसा समेत राजस्व उठाउन हाे ।

    त्यसैगरी बिधुत खपत गरेर रकम नतिर्ने १हजार ४ सय २१ जना ले तिर्नुपर्ने २ करोडौं १२ लाख २५ हजार ९सय ६२ रुपैयाँ ४२ पैसा असुली हुनुपर्नेमा प्राधिकरणले १ हजार १९ ग्राहक संग १ करोडौं ६५ लाख १४ हजार ३८ रुपैयाँ ८१ पैसा समेत संङकलन गरेको छ ।

    उक्त प्राधिकरणमा स्वीकृति दरवन्दि ७८ जना रहेता पनि प्राधिकरणमा भने ५१ जना मात्रै कर्मचारीहरु  रहेेेेका छन । बिराटनगर वितरण केन्द्र अन्तर्गत उप केन्द्र काे रुपमा रहेर काम गर्दे अाएकाे र २०६७ साउन १ गतेदेखि रंगेली बितरण केन्द्र काे रुपमा स्थापित भएको रंगेली प्राधिकरण का प्रमुख संन्जय गुप्ता लेे बताए ।

    ग्रहककाे सेवाका लागि यस केन्द्र अन्तर्गत एउटा सवस्टेशन ८ वटा फ्युुज सेवा र एउटा बिधुत महसुल संङकलन केेेन्द्र तथा रहेको छ । विधूत महशुल अनलाइन सेवा बैकहरु तथा ई सेवाबाट रंगेली बितरण केन्द्र अन्तर्गत अमरदह, कानेपाेखरी, सिजुवा, रमाईलाे, कर्सिया, रामचाेक, हाेक्लाबारी, रंजनि लागयत २४ स्थान मार्फत बिधुत महसुल समेत तिर्न सकिने लेखा प्रमुख भाेला चाैधरी ले बताए  ।

    नेपाल बिधुत प्राधिकरणका विभीन्न कर्मचारी सङ्घ सगठन रंगेली ईकाइ समितिद्वारा बिधुत चुहावट नियन्त्रण तथा महशुल संकलन र मिटर रिडिङ सहित छडके चेक जाँच सम्वन्धित जनचेतना मुलक कार्यक्रम अभियान सन्चालन गर्दा अाएकाे छ ।

    आर्थिक वर्ष २०७४।०७५ मा अपेक्षाकृत चूहावट प्रतिसत ६.६२ ले घटेर २९.८२ रहेको छ । यस आ.व. मा विद्यूत चोरी गरिरहेको अवस्थामा चूहावट नियन्त्रण्ँ टोलीद्धारा विभिन्न समयमा पानी तान्ने मोटर ४६, चार्जर बैट्री ४, सोलार प्यानल १, टेबूल पंखा ६ भाईब्रेटर १ वेल्डिंग मेसीन ३, सिटी रिक्सा चार्जर ४, टि.भि. ५, रड कटर ३ थान जफत समेत गरेको छ ।

    प्राधिकरणले लोड अनूसारको कम्तिमा रु ३ हजार देखि ७२ हजार सम्म जरिवाना अशूल  गरेर कार्बाहि गरेको लेखा प्रमूख चौधरीले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जग्गा दर्ताको नाममा घुस माग्दा मालपोत कार्यालयका खरिदार समातिए

    काभ्रेपलाञ्चोक, १८ भदौ – काभ्रे मालपोत कार्यालयमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान...

    नक्कली भ्याट बिल प्रकरणमा हार्डवेयर व्यवसायी बियानीलाई १ अर्ब ४० करोड जरिवाना र ६ महिना कैद

    विराटनगर, भदौ १८ – विराटनगरका हार्डवेयर व्यवसायी सौरभकुमार बियानीलाई नक्कली भ्याट बिल प्रकरणमा आन्तरिक राजस्व...

    राजावादी आन्दोलनपछि दुर्गा प्रसाईं सक्रिय, भक्तपुरमा केन्द्रीय भेला हुँदै

    काठमाडौं, भदौ १८ – हालै सम्पन्न राजावादी आन्दोलनपछि सक्रिय बनेका दुर्गा प्रसाईंले आफ्नो अभियानलाई तीव्रता...

    नेपाल मेटा कन्टेन्ट मनिटाइजेसन योग्य देशको सूचीमा

    काठमाडौं, भदौ १८ – अब नेपालका फेसबुक प्रयोगकर्ता र क्रियटरहरूले आधिकारिक रूपमा फेसबुकमार्फत आम्दानी गर्न...

    नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा अन्तिम सुनुवाइ सुरु

    काठमाडौं, भदौ १८ – नेपालीलाई भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने ठगी प्रकरण अब अन्तिम चरणमा...