News Portal

राजावादी आन्दोलनपछि दुर्गा प्रसाईं सक्रिय, भक्तपुरमा केन्द्रीय भेला हुँदै

२५४ पटक

काठमाडौं, भदौ १८ – हालै सम्पन्न राजावादी आन्दोलनपछि सक्रिय बनेका दुर्गा प्रसाईंले आफ्नो अभियानलाई तीव्रता दिएका छन्। उनले नेतृत्व गरिरहेको *“राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपाल”*ले भदौ २० र २१ गते भक्तपुरमा केन्द्रीय भेला गर्ने निर्णय गरेको हो।

बुधबार जारी विज्ञप्तिमा संयोजक प्रसाईंले बिहान १०ः३० बजे सुरु हुने सो भेलामा संस्थापक सदस्यदेखि सचिवालय सदस्यसम्म सबै तहका पदाधिकारी अनिवार्य उपस्थित रहनुपर्ने जानकारी दिएका छन्।

भेलामा वडा, पालिका, जिल्ला र अञ्चलस्तरका अध्यक्ष–सचिव, विभागीय समिति प्रमुख, केन्द्रीय सदस्य तथा सल्लाहकार समितिलाई समेत सहभागी गराइने उल्लेख गरिएको छ।

तीनकुनेमा भएको राजावादी आन्दोलनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईं केही समयअघि मात्र रिहा भएका थिए। रिहापछि उनले नयाँ राजनीतिक दल गठनको घोषणा गर्दै संगठन विस्तारका गतिविधि अघि बढाइरहेका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...