News Portal

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा अन्तिम सुनुवाइ सुरु

२७४ पटक

काठमाडौं, भदौ १८ – नेपालीलाई भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने ठगी प्रकरण अब अन्तिम चरणमा पुगेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा बुधबारदेखि अन्तिम बहस सुरु भएको हो।

यस प्रकरणमा हालसम्म ३३ जना प्रतिवादी बनेका छन्। अनुसन्धानअनुसार ठगी २०७६ सालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पालामा बनेको कार्यदलमार्फत सुरु भएको देखिन्छ भने कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको कार्यकालमा अझ बल्झिएको बताइएको छ।

पहिलो चरणमा ३० जनाविरुद्ध मुद्दा दायर भए पनि पछि थप जाहेरी परेपछि संख्या बढ्दै ३३ पुगेको छ। अहिले सम्म २२ जना पक्राउ परेका छन् भने ११ जना अझै फरार छन्। पक्राउ परेकामध्ये ११ जना पुर्पक्षका लागि जेलमा छन् भने सात जना धरौटीमा र बाँकी साधारण तारेखमा बाहिर छन्।

यस मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री खाँणसहित नेतादेखि उच्च अधिकारीसमेत संलग्न देखिएका छन्। उनीहरूलाई ठगी, राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...