News Portal

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा अन्तिम सुनुवाइ सुरु

३४८ पटक

काठमाडौं, भदौ १८ – नेपालीलाई भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने ठगी प्रकरण अब अन्तिम चरणमा पुगेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा बुधबारदेखि अन्तिम बहस सुरु भएको हो।

यस प्रकरणमा हालसम्म ३३ जना प्रतिवादी बनेका छन्। अनुसन्धानअनुसार ठगी २०७६ सालमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को पालामा बनेको कार्यदलमार्फत सुरु भएको देखिन्छ भने कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको कार्यकालमा अझ बल्झिएको बताइएको छ।

पहिलो चरणमा ३० जनाविरुद्ध मुद्दा दायर भए पनि पछि थप जाहेरी परेपछि संख्या बढ्दै ३३ पुगेको छ। अहिले सम्म २२ जना पक्राउ परेका छन् भने ११ जना अझै फरार छन्। पक्राउ परेकामध्ये ११ जना पुर्पक्षका लागि जेलमा छन् भने सात जना धरौटीमा र बाँकी साधारण तारेखमा बाहिर छन्।

यस मुद्दामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री खाँणसहित नेतादेखि उच्च अधिकारीसमेत संलग्न देखिएका छन्। उनीहरूलाई ठगी, राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...