News Portal

एक आमाको संघर्ष: श्रीमान् असक्त, जिम्मेवारी भारी

रबिन्द्र बराल
२९० पटक

मोरङ, वैशाख २२ – सुनवर्सी नगरपालिका–५ स्थित गुहासमा बसोबास गर्दै आएका राजकुमार ऋषिदेव र जुगनी देवी ऋषिदेव गरिबीका कारण छोराछोरीलाई पठनपाठन गराउन समस्यामा परेका छन्।

राजकुमार विगत केही वर्षदेखि सुस्त मानसिक अवस्थाका छन् र अब जनमजदुरी गर्न समेत जान सक्दैनन्। श्रीमती जुगनी देवी मात्रै मजदुरी गरेर आफ्ना आमा, बुबा, श्रीमान्‌सहित तीन जना छोराछोरीको पालनपोषण गर्नुपर्ने बाध्यता छ।

हाल दुई छोरी र एक छोरा नजिकैको विद्यालयमा अध्ययनरत छन्। जेठी छोरी अर्चना ऋषिदेव स्थानीय गुलेश्वरी प्राथमिक विद्यालयबाट यस वर्ष कक्षा ५ पास गरेर कक्षा ६ मा भर्ना हुन लागेकी छिन्। तर, कक्षा ६ अध्ययनका लागि घरबाट करिब ३ किलोमिटर टाढा रहेको आदर्श माध्यमिक विद्यालय जान आउन ढिलो हुने भएकाले उनले घरमै साइकल किनिदिन अनुरोध गरेकी छिन्।

तर घरको कमजोर आर्थिक अवस्थाले गर्दा छोरीको त्यो सानो इच्छा पूरा गर्न सक्ने अवस्था नभएपछि अर्चनाले विद्यालय नजाने बताएकी छिन्।

आमा जुगनी देवी भन्छिन्, “अबको समयमा छोराछोरीलाई अलिकति भए पनि पढाएनौं भने भविष्यमा छोरीको विवाहमा समेत समस्या हुन सक्छ। त्यसैले पढाउने सोच त छ, तर अहिले त खानका लागि पनि दुई छाक टार्न गाह्रो भइसकेको छ। घर पनि चारैतिरबाट भत्किएको अवस्थामा छ। लुगा, कापी–कलम किन्न समेत पैसा छैन।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...