News Portal

उर्जामन्त्री खड्काले भने : देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण

हिमालीसंचार संवाददाता
५८४ पटक

काठमाडौं, जेठ १ – उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउनका लागि आफूले पहल गरिरहेको बताएका छन्।

उर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरू देवी भट्टचन र जीत सेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले यस्तो बताएका हुन्।

आफूले उर्जामन्त्रालयको नेतृत्व सम्हालेयता जलविद्युत् क्षेत्रमै उल्लेखनीय प्रगति भएको बताउँदै, सरकारको नीति निजी क्षेत्रलाई प्रोत्साहित गर्ने भएको पनि स्पष्ट पारे।

सो अवसरमा मन्त्री खड्काले नव-निर्वाचित एनआरएनए अध्यक्ष श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई बधाई ज्ञापन गर्दै देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। साथै, मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

त्यसैगरी, उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले ऊर्जा क्षेत्रमा अपार सम्भावना रहेको औँल्याउँदै नीति तथा नियमहरूलाई सहज बनाउनुपर्ने सुझाव दिए।

एनआरएन अध्यक्ष श्रेष्ठले नीतिगत सुधार गरिएमा विदेशमा रहेका नेपालीहरूले सिकेका सीप र पुँजीमार्फत देशको विकास गर्न सकिने उल्लेख गरे। साथै, आगामी दिनमा आफूहरू जलविद्युत् क्षेत्रमा काम गर्ने योजनामा रहेको पनि जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...