News Portal

बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
८५३ पटक

काठमाडौँ। शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रु ५ लाख सहयोग गर्ने भएको छ।

एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले त्यस्तो निर्णय गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए।

उक्त सहयोग रकम आगलागी पीडित २० परिवारलाई जनही रु २५ हजारको दरले वितरण गरिने पनि संघले जनाएको छ।

बैठकमा अध्यक्ष श्रेष्ठले संघले स्थापना गरेको आपत्कालीन कोषमा रु ५ लाख जम्मा गर्ने घोषणा गरे। उनले नेपालीहरूको सुख दुखमा एनआरएनए सधैँ सँगसँगै रहने वाचा पनि व्यक्त गरे।

यसै गरी उक्त कोषमा सबै पदाधिकारीहरूले जनही रु १/१ लाख जम्मा गर्ने पनि बैठकले निर्णय गरेको छ।

बुढीगंगा नगरपालिका ६ साफे-मार्तडी सडक खण्डमा पर्ने बाम्का बजारमा शुक्रवार दिउँसो आगलागी हुँदा दर्जनौँ पसलहरू जलेर ध्वस्त भएका छन्। स्थानीय एक होटेलमा ग्यास सिलिन्डर पड्केर आगलागी सुरु भएको समाचारहरूमा जनाइएको छ।

दमकल नभएकाले समयमै आगो नियन्त्रणमा लिन नसकिएको स्थानीय बासिन्दाहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...