News Portal

  • एनआरएन युकेको कार्यक्रममा कुमार पन्तलाई कालो झण्डा

    आर्थिक अनियमितता छानबिन गर्न माग !

    हिमाली संचार संवाददाता
    ९९५ पटक

    बेलायत ०६, २०२० मार्च : एनआरएन युकेको १५ औं जन्मदिन भनेर आयोजना गरिएको कार्यक्रममा भाग लिन जर्मनीबाट आईपुगेका एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तलाई कार्यक्रमस्थलमै कालो झन्डा देखाइएको छ।

    एनआरएनको इतिहासमै कालो झन्डाले स्वागत गरिने पन्त पहिलो अध्यक्ष हुन्। “धेरै साथीहरूले यहाँ नआउन भन्नु भएको थियो तर, एनसीसीले निम्ता गरेपछि म जान्छु भनें”, पन्तले भने।

    एनआरएनका निर्वाचित पदाधिकारीहरू तथा कैयौं सल्लाहकार तथा संस्थापकहरूले बहिस्कार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले आफू धेरै एनसीसीहरुमा पुग्ने गरेको तर यो टाइपको बानिव्यहोरा बेलायतमा मात्रै देखाइने गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए।

    कार्यक्रम शुरु भएको केहि बेरमा एनआरएन युकेसंग आवद्ध केही महिला अभियन्ताहरूले “आर्थिक अनियमितताको छानबिन गर, कुमार पन्त फिर्ता जाउ” भन्दै कालो झन्डा देखाएका थिए।

    उनीहरूले लन्डनस्थित नेपाली दूतावासले विवादित कार्यक्रममा प्रतिनिधि पठाएको भन्दै आक्रोश व्यक्त गरेका थिए तर, शान्तिपूर्ण विरोध गरिरहेका ती महिलाहरूमाथि एनआरएन युकेका केही व्यक्तिहरूले हातपात र लछारपछार गरेका थिए।

    https://www.facebook.com/1285888384878651/posts/1783723008428517

    एनआरएन युकेका निवर्तमान अध्यक्ष योगकुमार फगामीले नेतृत्व गरेको कार्यसमितिले करौडौं रकम घोटाला गरेको भन्दै विरोध भइरहेको छ तर, एनआरएन युकेको नयाँ कार्यसमितिले अझै छानबिन समिति समेत गठन गरेको छैन।

    कार्यक्रममा बोल्दै एनआरएनएका केन्द्रीय महासचिव डा. हेमराज शर्माले एनआरएनए अहिले २५ करोड घाटामा गएको जनाए। “एनआरएनलाई क्यान्सर लागि सकेको छैन, बच्ने सम्भावना छ”, उनले भने। उनले एनआरएनको केन्द्रीय भवन प्रकरणबारे एक समितिले अध्ययन गरी छिट्टै एउटा श्वेतपत्र प्रकाशित गरिने जानकारी पनि दिए।

    निकै प्रचारप्रसार गरिएको कार्यक्रममा झन्डै १०० जनाको मात्र उपस्थिति थियो। एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले संस्थाको विवाद संस्थाभित्रै छलफल गरिनुपर्ने बताइन् तर, सिंगो कार्य समितिलाई बाईपास गरेर केन्द्रबाट मनोनीत आइसीसी सदस्य रामशरण सिम्खडालाई आर्थिक कारोबार समेत गर्ने गरी किन कार्यक्रमको संयोजक बनाइयो भन्ने प्रश्नको उनले जवाफ दिइनन्।

    एनआरएन युकेका चारजना उपाध्यक्ष तथा कोषाध्यक्षले बुधबार राति पत्रकार सम्मेलन गरी कार्यसमितिको अनुमोदन बिना नै सल्लाहकारहरू घोषणा गरिएको भन्दै विधान विपरित आयोजित कार्यक्रममा आफूहरू नजाने घोषणा गरेका थिए।

    निर्वाचित उपाध्यक्षहरू प्रेम गाहा मगर, नारायणदत्त कंडेल, रामचन्द्र पोखरेल, मोहन कार्की, कोषाध्यक्ष तेजेन्द्र रोका मगर लगायतले कार्यक्रम बहिस्कार गरेका थिए।

    एनआरएन युकेका कोषाध्यक्ष तेजेन्द्र रोका मगरले उक्त विवादित कार्यक्रमको आय व्ययको छानबिन गरिने जनाएका छन्।

    विश्वभरि कोरोना भाइरसको संक्रमण फैलीरहेका बेला खादा र माला लगाउने एउटा औपचारिक कार्यक्रममा आएर अध्यक्ष पन्तले बेलायतस्थित नेपाली समाजलाई भांड्न रातदिन सक्रियहरूलाई नै सघाएको भन्दै आलोचना भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १२ गतेको राशिफल

    आज भदौ १२, २०८२ (अगस्त २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट कृष्ण सुनार पक्राउ

    काठमाडौं, मानव बेचबिखन तथा ओसार पसार  मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुर्खेत...

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...