News Portal

  • नुवाकोटमा लोकप्रियता बढाउँदै कांग्रेस नेता डा. प्रकाश शरण महत

    ८३ पटक

    नुवाकोट, मंसिर १८ — नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत हाल नुवाकोटका जनताबीच झनै लोकप्रिय बन्दै गएका छन्। विकासप्रेमी, योजनाबद्ध र परिणाममुखी नेताका रूपमा परिचित महतले विगतका विभिन्न भूमिकामा बसेर नुवाकोट लगायत देशभरका विकास योजनामा महत्वपूर्ण योगदान दिएका छन्।

    उर्जा मन्त्रीका रूपमा कार्यरत रहँदा महतले नुवाकोटका दुर्गम बस्तीसम्म विद्युत् पुर्याएका थिए। अर्थमन्त्री हुँदा उनले बजेट विनियोजनमा कुनै जिल्ला वा समुदायलाई विभेद नगरेको, उनको सहकर्मीसमेतले बताउँदै आएका छन्। माओवादीसँगको गठबन्धन सरकारले काम गर्दा पनि महत अर्थमन्त्रीको रूपमा प्रभावकारी रूपमा अघि बढेका थिए।

    नुवाकोटका प्रमुख पूर्वाधारमा महतको ठूलो भूमिका

    दाइ राम शरण महतले सुरु गरेका पूर्वाधार सुधारका कामलाई निरन्तरता दिँदै डा. प्रकाश शरण महतले ती योजनाहरूलाई पूर्णता दिने काम गरिरहेका छन्। टोखा–छहरे मोटरबाटो, पासाङलामु राजमार्ग तथा गगटे–समुन्द्रटार सडकलाई बजेटमार्फत मजबुत बनाउने तथा निर्माण अघि बढाउने उल्लेख्य भूमिका महतकै रहेको स्थानीयस्तरमा खुलेर चर्चा हुने गरेको छ।

    राजनीतिक अनुभव र संघर्षको लामो इतिहास

    पीएचडी होल्डर तथा बौद्धिक क्षमताका धनी महत २०३९–२०४२ मा नेपाल विद्यार्थी संघका महामन्त्री हुँदै २०४६ को जनआन्दोलनको नौं सदस्यीय स्टेरिङ कमिटीमा समेत सक्रिय रहेका थिए। बहुदलीय व्यवस्थाका लागि भूमिगत रूपमा चलिरहेको प्रतिरोधको नेतृत्व र समन्वयमा उनको भूमिका विशेष उल्लेख्य मानिन्छ।

    २०७४ सालमा पहिलो पटक काठमाडौं–५ बाट प्रत्यक्ष चुनाव लडेका महत त्यतिबेला एमाले नेता ईश्वर पोखरेलसँग पराजित भएका थिए। दाइ राम शरण महत नुवाकोटमा सक्रिय रहँदा प्रकाश शरण महत केही समय ओझेलमा परे पनि हाल उनी नुवाकोटमै पुगेर जनसम्पर्क विस्तार गरिरहेका छन्।

    कम बोल्ने तर काम गर्ने स्वभाव

    महतलाई कतिपयले अत्यधिक बोल्न नसक्ने र कार्यकर्तामाझ कम घुलमिल हुने कमजोरी भएको बताउँछन्। तर बोलेको काम पूरा गर्ने दृढ स्वभाव उनका समर्थकहरूको प्रमुख तर्क हो। त्यसको विपरीत, अर्जुन नरसिंह केसी परिवार कार्यकर्तामाझ लोकप्रिय, सहज र घुलमिल हुने स्वभावका कारण छुट्टै प्रभाव जमाइरहेका छन्।

    आगामी निर्वाचनमा सशक्त दाबेदार

    दाइ राम शरण महत स्वास्थ्य कारण सक्रिय राजनीतिबाट टाढा बसेपछि अब डा. प्रकाश शरण महत नै नुवाकोटमा कांग्रेसको प्रमुख अनुहार बन्ने प्रबल संकेत देखिएको छ। आगामी फागुनमा हुन सक्ने चुनावमा उनले कांग्रेसको टिकट पाए, लोकप्रियता, संगठनगत पकड र विकासमा आधारित छविका कारण उनको जित सुनिश्चित हुने स्थानीय विश्लेषकहरूको दाबी छ।

    नुवाकोटको विकासको संवाहकका रूपमा चिनिन थालेका डा. महतलाई जनताले सही रूपमा मूल्यांकन गर्नुपर्ने आवाज स्थानीय क्षेत्रमा बढ्दो छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नुवाकोटमा लोकप्रियता बढाउँदै कांग्रेस नेता डा. प्रकाश शरण महत

    नुवाकोट, मंसिर १८ — नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत हाल...

    काठमाडौँ उपत्यकामा लामो दूरीका सवारी बसपार्कबाट मात्र छुट्ने नयाँ व्यवस्था

    काठमाडौँ, मंसिर १८ — उपत्यकामा दिनहुँ बढिरहेको ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ नियम...

    नेवार समुदायले मनायो यमरी पुन्ही, पुरानो परम्परा अझै जोगिँदै

    भक्तपुर, १८ मंसिर  – नेवार समुदायले बिहीबार मार्ग शुक्ल पूर्णिमाको अवसरमा यमरी पुन्ही पर्व मनाएको...

    धोबीखोलामा फेला परेको शवको पहिचान, काभ्रे–मण्डनदेउपुरका ललित गिरी भनेर पुष्टि

    काठमाडौं, मंसिर १८ – काठमाडौं महानगरपालिका–२९ स्थित धोबीखोलामा बिहीबार बिहान भेटिएको शव काभ्रे, मण्डनदेउपुर नगरपालिका–१...

    आज २०८२ साल मंसिर १८ गतेको राशिफल

    आज मंसिर १८, २०८२ (डिसेम्बर ४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...