News Portal

  • देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    ९० पटक

    – कमला थापा

    २०८२ मंसिर २१ गते।
    राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको परिस्थितिमा आज देश गम्भिर संकट तर्फ मोडिएको हो भन्नमा संकोच गर्नुपर्ने स्थिति रहेन। २००७ सालदेखि आजसम्म पनि हाम्रो सोचाईमा परिबर्तन आउन सकेन। ०१७ सालदेखि राजसंस्थालाई गाली गर्दै आएको बानिमा परिवर्तन आउन नसक्नु दोष अरुलाई दिएर मात्र बच्न सकिन्न।‌ जनताले परिवर्तन खोजेको बेला राजाहरुबाट सहयोग नभएको भन्न मिल्दैन। जस्तो ०१७ सालमा श्री ५ राजा महेन्द्रले संसदिय ब्यबस्था मासेर एकतन्त्रीय पंन्चायति ब्यबस्था ल्याए। त्यस्को बिरुद्धमा राजनैतिक दलहरु प्रतिबन्धित अबस्थामा पनि आफ्नो मागबाट पछि हटेनन्। जनतामा बहुदलीय प्रजातन्त्रको माग बढदै गयो भनेर प्रजातन्त्र प्रेमि राजा स्व. श्री ५ बिरेन्द्र सरकारले ०३६ सालमा जनमत संग्रह घोषणा गरे। सुधारिएको पंन्चायति ब्यबस्था की बहुदलिय प्रजातन्त्र, जनमतमा सुधारिएको पंन्चायति ब्यबस्थाकै जित भयो। भलै त्यो निपक्ष थियो थिएन त्यो अर्को पाटो हो। तर नेपाली कांग्रेसका राजनेता विपी कोइरालाले आफ्नै साथिहरु गणेशमान सिंहज्यूको असहमति रहदा रहदै पनि विपीले मान्नु भयो। जनमतमा भाग लिइसकेपछि परिणामलाई अस्वीकार गर्नु भनेको त्यो राजनीतिक संस्कार भित्र नपर्ने कुरा हो। त्यसैले यसलाई समर्थन दिनुपर्छ भन्ने अडान राखेपछि मात्र सबै नेताहरुले समर्थन गरेका थिए।

    “राजाहरुले देशको लागि अहित हुने कुरामा आफ्नै परिवारलाई पनि नछोडेको ईतिहास हाम्रो सामुन्ने छ। जस्तै राजा महेन्द्रले आफ्नै माईला भाई हिमालय बिरबिक्रम शाहले बिदेशी केटि ल्याएकोमा परिवारमा भित्र्याउन दिएनन्। त्यतिमात्र होइन नेपालमै बस्न दिएनन्। त्यस्तै राजा बिरेन्द्रले आफ्ना कान्छा भाई धिरेन्द्र शाहलाई पनि बिदेशी केटि ल्याएको कारण यूवराजधिराको पदबाट हटाएर सबै सुविधा बन्चित गरिदिए। देशलाई दुरगामी असर पर्ने कुराहरुमा राजसंस्थाको दुरदृष्टि, सोच र ध्यान रहेको ईतिहास हेर्न धेरै टाढा जानु पर्दैन।”

    त्यसपछि ०४२ सालको स्थानिय निर्वाचन देखि बिस्तारै नेपाली कांग्रेसले भाग लिएको थियो। ०४६ सालको आन्दोलनमा बहुदलीय व्यवस्थानै घोषणा भयो। त्यस्तै ०६२/६३ को आन्दोलनको माग थियो। बिघठित संसद पुनःस्थापना जनताको मागलाई शिरोधार्य गर्दै श्री ५ ज्ञानेन्द्र शाहले संसद पुनःस्थापना गरिदिए। यो सबै घटनाक्रमलाई नजिकबाट बुझ्ने र नियाल्ने हो भने यहाँ राजाहरु कहांनिर निरंकुश देखिन्छन् ? जति आजका राजनैतिक दलहरु छन्। जस्ले जनताको माग पुरा गर्यो उसैलाई अपदस्त गर्ने ! राजाहरुले देशको लागि अहित हुने कुरामा आफ्नै परिवारलाई पनि नछोडेको ईतिहास हाम्रो सामुन्ने छ। जस्तै राजा महेन्द्रले आफ्नै माईला भाई हिमालय बिरबिक्रम शाहले बिदेशी केटि ल्याएकोमा परिवारमा भित्र्याउन दिएनन्। त्यतिमात्र होइन नेपालमै बस्न दिएनन्। त्यस्तै राजा बिरेन्द्रले आफ्ना कान्छा भाई धिरेन्द्र शाहलाई पनि बिदेशी केटि ल्याएको कारण यूवराजधिराको पदबाट हटाएर सबै सुविधा बन्चित गरिदिए। देशलाई दुरगामी असर पर्ने कुराहरुमा राजसंस्थाको दुरदृष्टि, सोच र ध्यान रहेको ईतिहास हेर्न धेरै टाढा जानु पर्दैन।

    “आज ४०/५० बर्षपछि बारबरा फाउण्डेशन सफल भएको देखिन्छ। यो राष्ट्रको लागि दुर्भाग्यको कुरा हो। दलहरु भित्र बढ्दै गएको अराजनैतिक हिस्साको सिकार आज देश र जनताले व्यहोर्नु परेको छ। जुन पार्टिहरुमा राजनैतिक चेतना, विवेक र बैचारिक बहस र सिद्धान्तको अन्त्य हुन्छ। त्यसलाई आत्म सिद्धिएको मानिन्छ। आज नेपालका पार्टिहरुमा त्यहि भएको छ। आत्मा नभएको पार्टिहरु भित्र लोकतन्त्र खोज्नु मरुभूमिमा मृगले पानि खोज्नु सरह हो।”

    तर आजका दलहरुले आफ्नो स्वार्थ र हितको लागि जे पनि गर्दै आएका छन्। गणतन्त्रमा जस्ले धेरै भ्रष्टाचार, तस्करी, बिचौलियाको भुमिका निर्वाह गर्न सक्छ। उस्लाई मन्त्री, पार्टिको केन्द्रिय सदस्य बनाईन्छ। त्यसलाई राम्रो अनुभवले खारिएको मानिन्छ। त्यस्तै जस्ले आफ्नो देशको नागरिकतै त्यागेर बिदेश गएका, बिदेशीसंग बिबाह गरेर गएका त्यस्तै खोजि खोजि सांसददेखि मन्त्री बनाएका छन्। जस्बाट देशको भन्दा उनका कर्म क्षेत्रको निर्देशनमा काम गर्न सकोस। आज ४०/५० बर्षपछि बारबरा फाउण्डेशन सफल भएको देखिन्छ। यो राष्ट्रको लागि दुर्भाग्यको कुरा हो। दलहरु भित्र बढ्दै गएको अराजनैतिक हिस्साको सिकार आज देश र जनताले व्यहोर्नु परेको छ। जुन पार्टिहरुमा राजनैतिक चेतना, विवेक र बैचारिक बहस र सिद्धान्तको अन्त्य हुन्छ। त्यसलाई आत्म सिद्धिएको मानिन्छ। आज नेपालका पार्टिहरुमा त्यहि भएको छ। आत्मा नभएको पार्टिहरु भित्र लोकतन्त्र खोज्नु मरुभूमिमा मृगले पानि खोज्नु सरह हो।

    “राजा लोकतन्त्रप्रति प्रतिबद्ध छन्। तर मौसुफ सरकार, समस्या दलहरु भित्र छ। यहां हजुरले खोजेको लोकतन्त्र कहां छ ? प्रतेक राजनितिक दलहरु भित्र MCC, BRI, IDA पश्चिमाहरुले चलाएको INGO, NGO, धर्मान्तरण, RSS छ। त्यहाँ देशको उत्तराधिकारी कहां छन्। उनिहरुलाई लोकतन्त्र चाहिएकै होईन। लुटतन्त्रमा डुबुल्की मारिरहेको बेला मौसुफले खोजेको निकास राजनैतिक दलहरु भित्र पाउन गारो छ। खासगरेर प्रत्येक पार्टि भित्रका नेतृत्व तहमा, बांकी कार्यकर्ताहरुमा ठिक छ। नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टिले त राजनैतिक धर्म छोड्यो। अरुको के कुरा गर्नु ! त्यसैले पर्खाई धेरै भयो। अब बिश्वास जनता र सेनाले राजसंस्थालाई दिनुपर्छ। र ३ खम्बा मिलेर देश जोगाउनु नै पर्छ।”

    आजकल एउटा बिसयमा निकै चर्चा हुने गरेको छ। त्यो हो जेएन्जी आन्दोलनपछि सेनाले राजा ज्ञानेन्द्र शाहलाई सरकार अब देश निकै खतरामा छ। मौसुफ सरोकारले आफ्नो राजसंस्था सभाली बक्सियोस् भन्दा म जनताको रगतमा आउने होईन। सबै राजनीतिक दलहरुको सहमति, सहकार्य र एकतामा मात्र आउछु। मौसुफको जवाफ थियो रे ! देश हामिले नै बचाउने हो, हामिले नै बनाउने हो। हाम्रो पुर्खाले आर्जेको एकताको धरोहर हामिले नै समाल्ने हो तर सबैको सहमतिमा। मौसुफको उक्त जवाफबाट प्रष्ट हुन्छ।‌ राजा लोकतन्त्रप्रति प्रतिबद्ध छन्। तर मौसुफ सरकार, समस्या दलहरु भित्र छ। यहां हजुरले खोजेको लोकतन्त्र कहां छ ? प्रतेक राजनितिक दलहरु भित्र MCC, BRI, IDA पश्चिमाहरुले चलाएको INGO, NGO, धर्मान्तरण, RSS छ। त्यहाँ देशको उत्तराधिकारी कहां छन्। उनिहरुलाई लोकतन्त्र चाहिएकै होईन। लुटतन्त्रमा डुबुल्की मारिरहेको बेला मौसुफले खोजेको निकास राजनैतिक दलहरु भित्र पाउन गारो छ। खासगरेर प्रत्येक पार्टि भित्रका नेतृत्व तहमा, बांकी कार्यकर्ताहरुमा ठिक छ। नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टिले त राजनैतिक धर्म छोड्यो। अरुको के कुरा गर्नु ! त्यसैले पर्खाई धेरै भयो। अब बिश्वास जनता र सेनाले राजसंस्थालाई दिनुपर्छ। र ३ खम्बा मिलेर देश जोगाउनु नै पर्छ।

    “प्रहरी प्रशासनमा भएका पहुचवालाहरुले जिल्ला जिल्लामा आतंक मच्चाउदै छन्। निरिह, निर्दोष यूवाहरु ठांउमा बस्न सक्ने स्थिति छैन। त्यसैले राजसंस्थाको छहारी जनताले खोजेका हुन्। गणतन्त्रको अत्याचार बढ्यो भन्नेहरुलाई छानिछानी झुट्टा मुद्दा लगाउदै प्रहरी हिरासतमा लिने र मनपरी धरौटि लिने गरिएको छ। त्यसको ज्वलन्त उदाहरण काठमाण्डौं भक्तपुर, र काभ्रे प्रमुख स्थानमा पर्छन्। यसमा प्रहरी प्रसासन र गृहको ध्यान जानु अति आबस्यक छ। साथै प्रहरी प्रसासन भित्र बसेर यस्ता काम गर्ने केही प्रहरीहरु माथि प्रशासनको निगरानी अत्यन्त जरुरी भैसक्यो। पहुचवालाले शक्तिको आडमा गांउ गांउमा निरिह निर्दोष यूवाहरुमाथि ज्यादति बढेको छ।”

    यो बिषय उठाउन किन सान्दर्भिक ठानियो भने। आज देश डुब्न लागेको, जनताहरुलाई त्रासैत्रामा जिउनु परेको अबस्दा छ। जस्तो द्वापर यूगमा कंसको अत्याचार भोगेका जनता त्राहिमाम भए जस्तो। कंसले आफ्नै पितालाई समेत जेल हालेर सताएको जस्तो अबस्था आज नेपालमा चलिरहेको छ। राजनैतिक दलहरुले सम्रकक्षण गरेर राखेका बिचौलियाहरुले कोलाहल मच्चाएका छन्। जेएन्जी आन्दोलनपछि यो क्रम तिब्र बढेको छ। प्रहरी प्रशासनमा भएका पहुचवालाहरुले जिल्ला जिल्लामा आतंक मच्चाउदै छन्। निरिह, निर्दोष यूवाहरु ठांउमा बस्न सक्ने स्थिति छैन। त्यसैले राजसंस्थाको छहारी जनताले खोजेका हुन्। गणतन्त्रको अत्याचार बढ्यो भन्नेहरुलाई छानिछानी झुट्टा मुद्दा लगाउदै प्रहरी हिरासतमा लिने र मनपरी धरौटि लिने गरिएको छ। त्यसको ज्वलन्त उदाहरण काठमाण्डौं भक्तपुर, र काभ्रे प्रमुख स्थानमा पर्छन्। यसमा प्रहरी प्रशासन र गृहको ध्यान जानु अति आबस्यक छ। साथै प्रहरी प्रसासन भित्र बसेर यस्ता काम गर्ने केही प्रहरीहरु माथि प्रशासनको निगरानी अत्यन्त जरुरी भैसक्यो। पहुचवालाले शक्तिको आडमा गांउ गांउमा निरिह निर्दोष यूवाहरुमाथि ज्यादति बढेको छ। समाज सुधारक ब्यक्तिहरुलाई गांउबाट लखेट्ने अभियान पार्टिहरुका पाल्तु व्यक्तिहरुबाट भैरहेको छ। त्यस्ता एक आद ब्यक्तिका कारण प्रहरी प्रशासन बदनाम नहोस।

    “पार्टिको अधिबेशन समयमा सम्पन्न गर्न नचाहने, कार्यकर्ता दवावमा उत्रनुपर्ने, अझै हस्ताक्षरै संकलन गर्नुपर्ने र प्रतिश्पर्धा गर्न ज्यान जोखिममा राख्नुपर्ने अबस्था आज दलहरुमा प्रत्यक्ष देखिएको छ। त्यस्तो दलहरुभित्र लोकतन्त्र खोज्नु भन्दा राजसंस्था स्थापित गरेर देश र जनता बचाउनुपर्यो। देश भनेको भूगोल मात्र हैन प्रमुख रूपमा जनता हो। भय र त्रास मुक्त जनताबाट मात्र देशको रक्षा सम्भब छ। त्यसैले आज “देशले राजसंथा खोज्यो” राजाले जनताको सार्वभौम अधिकारको रक्षा गर्नुपर्छ। भन्ने नेपाली जनताको पुकार हो।”

    यो राजनैतिक दलहरुको नैतिक पतनको अबस्थाले श्रृजना गरेको अबस्था हो। आफ्नै पार्टिको अधिबेशन समयमा सम्पन्न गर्न नचाहने, कार्यकर्ता दवावमा उत्रनुपर्ने, अझै हस्ताक्षरै संकलन गर्नुपर्ने र प्रतिश्पर्धा गर्न ज्यान जोखिममा राख्नुपर्ने अबस्था आज दलहरुमा प्रत्यक्ष देखिएको छ। त्यस्तो दलहरुभित्र लोकतन्त्र खोज्नु भन्दा राजसंस्था स्थापित गरेर देश र जनता बचाउनुपर्यो। देश भनेको भूगोल मात्र हैन प्रमुख रूपमा जनता हो। भय र त्रास मुक्त जनताबाट मात्र देशको रक्षा सम्भब छ। त्यसैले आज “देशले राजसंथा खोज्यो” राजाले जनताको सार्वभौम अधिकारको रक्षा गर्नुपर्छ। भन्ने नेपाली जनताको पुकार हो। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...