News Portal

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

२७ पटक

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ।

नेपाल विद्युत प्राधिकरण रङ्गेलीका अनुसार सुनबर्सी नगरपालिकाले २ लाख रुपैयाँभन्दा बढी विद्युत महसुल बक्यौता तिर्न बाँकी रहेको छ। सोही बक्यौता उठाउन तथा लाइन काट्ने प्रक्रियासम्बन्धी जानकारी दिन प्राधिकरणका कर्मचारी जनक भट्टराई र विनोद हरिजन प्रशासन शाखामार्फत नगरपालिकामा पुगेका थिए।

प्राधिकरणले जारी गरेको पत्रमा उल्लेख गरिएअनुसार छलफलका क्रममा मेयर राजवंशीले कर्मचारीहरूमाथि गालीगलौज गर्नुका साथै अमानवीय व्यवहार गरेको र लात्ती प्रहार गर्ने धम्कीसमेत दिएको आरोप लगाइएको छ।

उक्त घटनापछि प्राधिकरणका कर्मचारीहरूले मेयरले आत्मालोचना गर्दै औपचारिक रूपमा माफी नमागेसम्म सो क्षेत्रका कुनै पनि विद्युतीय सेवा तथा कामकारबाही नगर्ने चेतावनी दिएका छन्।

यता, मेयर श्याम राजवंशीले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै कुनै पनि किसिमको दुर्व्यवहार नगरेको बताएका छन्।

यस घटनाले सार्वजनिक निकायहरूले विद्युत महसुल नतिर्दा पनि कारबाही नहुने तर सर्वसाधारणको हकमा तुरुन्तै लाइन काटिने प्रचलनप्रति प्रश्न उठाएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...