News Portal

सम्झौता विवादित: मिराज ढुंगानाले सरकारसँगको १० बुँदे समझदारी अस्वीकारे

१५२ पटक

काठमाडौं, मंसिर २५ – प्रधानमन्त्री सुशीला कार्कीले केही जेन-जी समूहसँग गरेको १० बुँदे सम्झौता सार्वजनिक भएसँगै विवाद उत्पन्न भएको छ। सम्झौतापत्रमा भदौ २३–२४ का घटनाहरू ‘जनआन्दोलन’को रूपमा मान्यता दिइएको भए पनि आन्दोलनका वास्तविक माग र भावना समेटिएको छैन भन्ने विरोध छ।

सम्झौतापत्र हस्ताक्षर भइसकेको केही समयमै प्रधानमन्त्री कार्यालयभित्रै झडप भएको थियो। केही युवाहरूले सम्झौतापत्र फालिदिएका थिए भने बुद्धिजीवीहरूले पनि यसको आधार र उद्देश्यमा आपत्ति जनाएका छन्।

जेन-जी अगुवा मिराज ढुंगानाले भने, “सम्झौताले आन्दोलनका प्रमुख मागहरू स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रूपमा समेटेको छैन। चुनावअघि यी बुँदाहरू लागू हुने कुनै सुनिश्चितता छैन, त्यसैले हामी यसलाई स्वीकार्न सक्दैनौं।” उनका अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश खारेजको माग सम्झौतामा समावेश भएन।

सरकारमाथि आमनिर्वाचनको दायराभन्दा बाहिर गएर विभिन्न आयोग, संयन्त्र र जेन-जी परिषद गठन गरेको आरोप पनि लागेको छ। ढुंगानाले जनताको भावना र बलिदानको बेवास्ता गर्दै गरिएको सम्झौता अस्वीकार्य भएको बताए।

जेन-जी समूहले भने देशको स्थिरता र न्यायसंगत मूल्याङ्कन सुनिश्चित हुने गरी मात्र भविष्यमा कुनै सम्झौता अघि बढाउनुपर्ने जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...