News Portal

सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

२५६ पटक

काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि ठप्प छन्। यसले दशैं नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङ समेत प्रभावित भएको छ।

राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आजसम्म कुनै निकायले छलफलका लागि पहल नगरेको बताए। उनका अनुसार आन्दोलनका क्रममा तोडफोड बढेपछि सुरक्षाको ग्यारेन्टी नदिएसम्म सवारी सञ्चालन गर्न सकिने अवस्था छैन।

यातायात बन्द भएपछि यात्रुहरु ठुलो समस्यामा परेका छन्। हवाई सेवा सुचारु भए पनि सडक यातायात सुरु हुने टुंगो छैन। सिटौलाले भने, “हामी कोसँग बसेर के सल्लाह गर्ने भन्नेमै अन्योलमा छौं, तर राज्यले सुरक्षाको आश्वासन दिए व्यवसायी सेवा दिन सधैं तयार छन्।”

यसबीच, अत्यावश्यक सेवाका सवारीलाई भने निर्वाध आवतजावतको अनुमति दिइएको छ। उता, केही भन्सार नाकाबाट ग्यास बुलेटसहितका सवारी नेपाल प्रवेश गर्न थालेका छन्।

प्रतिकृया दिनुहोस्

हुम्लामा भारी हिमपात, जनजीवन प्रभावित तर किसान खुसी

हुम्ला, १५ माघ – हुम्लामा लगातार दुई दिनसम्म परेको भारी हिमपातले जनजीवनलाई प्रभावित पारेको छ।...

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...