News Portal

रिट खारेज गर्न ओलीको माग: “व्यक्तिगत आक्रोशका आधारमा दायर गरिएको छ”

२१५ पटक

काठमाडौं, मंसिर २५ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटप्रति कडा प्रतिक्रिया जनाएका छन्। अदालतमा बुझाएको लिखित जवाफमा उनले आफूलाई पक्राउ गर्नुपर्ने माग राख्ने पक्षलाई असन्तुलित सोचका आधारमा रिट दायर गरिएको आरोप लगाए। उनले यस्तो कदमलाई मानसिक अस्थिरताको द्योतक भनेर व्याख्या गरेका छन्।

जेन जी आन्दोलनका क्रममा दमन भएको, सेना परिचालनमा ढिलाइ भएको र महत्वपूर्ण संरचनामा क्षति पुगेको आरोपसहित दर्ता रिटको जवाफ दिँदै ओलीले सेना परिचालन कसको जिम्मेवारी हो भन्ने कुरा कानूनले स्पष्ट व्याख्या गरिसकेको बताए। उनका अनुसार कार्यकारिणीले गर्ने निर्णयलाई अदालतमा लिएर व्यक्तिगत दोषारोपण गर्नु अनुचित छ।

ओलीले सर्वोच्चलाई बुझाएको लिखित जवाफमा आन्दोलनका क्रममा भएको बलप्रयोग र हताहतीको विषयमा टिप्पणी गरेनन्। बरु, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा पहिले पेश गरेको जवाफकै धेरै अंश पुनः प्रयोग गरिएको देखिन्छ। सोही क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलको कदम असंवैधानिक भएको उल्लेख गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने धारणा पनि दोहोर्याएका छन्।

ओलीले दायर रिटलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भन्दै खारेज गर्न सर्वोच्चमा माग राखेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...