News Portal

पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा अख्तियारको भ्रष्टाचार छानबिन

१४४ पटक

काठमाडौं, २५ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन सुरु गरेको छ। अनुसन्धान विशेषगरी भिजिट भिसा प्रकरणसँग सम्बन्धित रहेको बताइएको छ।

अख्तियारले जानकारी दिएको छ कि तत्कालीन गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, शान्ति सुरक्षा महाशाखा प्रमुख रामचन्द्र तिवारी लगायत उच्चपदस्थ कर्मचारीहरूले गैरकानुनी भिजिट भिसा प्रक्रिया मार्फत विदेश पठाउने सम्भावना रहेको आशंकामा अनुसन्धान भइरहेको छ। गृह मन्त्रालयको प्रशासन सम्हाल्ने महाशाखा प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी र स्वकीय सचिवहरू समेत अनुसन्धानको दायरामा छन्।

यसअघि अनुसन्धानका क्रममा सहसचिव तीर्थराज भट्टराईसँगबाट डायरी र कल डिटेल्स बरामद भएको थियो। अख्तियारले ती विवरणको आधारमा अस्वभाविक सम्पर्क र शंकास्पद गतिविधि देखिएको भन्दै गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी, स्वकीय सचिव जनक भट्ट र अध्यागमन विभागका प्रमुखहरूलाई पनि अनुसन्धानको दायरामा राखेको छ।

अख्तियारका अनुसार, प्रत्येक घटना र संलग्न प्रतिवादी अनुसार छुट्टाछुट्टै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृतसँग अस्वभाविक पहल देखिएको पाइएको छ।

अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणमा, शंकास्पद गतिविधि देखिएकाहरूको सम्बन्धमा थप छानबिन भइरहेको उल्लेख छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...