आज : २०२६-०६-०९, मङ्गलबार

सलाङघाटमा झोलुङ्गे पुल गीत सार्वजनिक

धादिङ, मंसिर १६ – गोधूली सांस्कृतिक परिवारको नयाँ सालैजो म्युजिक भिडियो “सलाङघाटमा झोलुङ्गे पुल” सार्वजनिक गरिएको छ।

गीत गोधूली सांस्कृतिक परिवारको आधिकारिक युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो।

यस गीतमा रणबहादुर दर्लामी (विवश), सम्बेदन थापा र मनमाया वाइबाको स्वर रहेको छ। गीतका शब्द भुवन थापा मगरले लेखेका हुन्। लय संयोजन विवशले गरेका छन् भने एरेन्ज डोलराज बारघरे मगरले गरेका छन्।

भिडियोमा श्याम राना मगर, सुमिना थापा, राजकुमार थापा, बिमला थिङ, महेश्वर घले र अनु थापाले अभिनय गरेका छन्।

चित्र मास्की मगरको निर्देशनमा बनेको भिडियोमा सक्षम पुडासैनीले श्रृंगार, प्रकाश खड्काले छायांकन तथा नबिन घर्ति मगरले सम्पादन गरेका छन्।

भिडियोमा सिद्धलेक गाउँपालिकाका प्रमुख पर्यटकीय स्थानहरू—सिद्धबाबा मन्दिर, ढेवाडाँडा, सलाङ मैदान, सलाङघाट, त्रिशूली नदी र मलेखु आसपासका मनमोहक दृश्यहरू समावेश गरिएको छ।

स्थानीय भेषभूषा, सांस्कृतिक चलनचल्ती, प्रकृतिको सौन्दर्य र नाचगानलाई आकर्षक रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियोले अहिले दर्शकको प्रशंसा बटुलेको छ।

स्थानीय संस्कृति झल्काउन सफल यस गीतले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

धन्यवाद।