News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पीडित महिलाले दिइन् महराविरुद्ध बानेश्वर प्रहरीमा उजुरी

    हिमाली संचार संवाददाता
    ६७८ पटक

    १८ असोज, २०७६ काठमाडौं : यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको छ। जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा जोहरी दिएकी हुन्।

    यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन्। आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो।

    महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन्। श्रीमानसँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन्।

    पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन्। यद्यपि, चर्को दबाबपछि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो।

    जोहरी परेसँगै प्रहरीले अनुसन्धानमा पुनः तादरुकता देखाएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले अनलाइनखबरसँग भने, ‘हामीले अहिले विस्तृत अनुसन्धान गरिरहेका छौं। अब महरालाई प्रहरीले पक्राउ गर्ने सम्भावना समेत छ।

    प्रतिकृया दिनुहोस्

    सुनचाँदीको मूल्यमा एकैदिन ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं, वैशाख २९ – नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ,...

    भारत–पाकिस्तानबीच आज पुनः सैन्य वार्ता, संघर्षविराम कार्यान्वयन र रणनीतिक सहकार्यमा छलफल हुने

    काठमाडौं, वैशाख २९ – चार दिनसम्म चर्किएको सैन्य तनावपछि भारत र पाकिस्तानका सेनाबीच आज सोमबार...

    सूचीकरणमा चासो नदिएका शक्तिशाली सामाजिक सञ्जाल, सरकारको चेतावनीलाई पनि बेवास्ता

    काठमाडौं, वैशाख २९ – नेपाल सरकारले सामाजिक सञ्जालको प्रयोगलाई कानुनी दायरामा ल्याउने उद्देश्यसहित पटक–पटक ताकेता...

    आजको राशिफल

    आज वैशाख २९, २०८२ (मे १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वैदेशिक श्रमिकको पसिनाको मूल्य: एक महिनामै १ खर्ब ४० अर्ब रेमिट्यान्स भित्रियो

    काठमाडौं, वैशाख २८ – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांकले पुनः एकपटक देखाएको छ—विदेशिएका...