News Portal

  • परीक्षा नदिने बहानामा बमको हल्ला, युवक पक्राउ

    १९८ पटक

    काठमाडौं, भदौ १५ – काठमाडौं उपत्यकामा बम राखिएको भन्दै प्रहरीले कन्ट्रोल रुममा फोन गरेर आतंक मच्चाउने एक युवक पक्राउ परेका छन्।

    पक्राउ पर्ने महोत्तरी गाउँपालिका–२ घर भई हाल कीर्तिपुर–१० बस्ने जयरुद्र झा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार उनले भदौ १३ गते आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौंका विभिन्न शैक्षिक संस्थामा विस्फोटक पदार्थ राखिएको र दिउँसो ४ बजेसम्म पड्किने दाबी गरेका थिए। तर, प्रहरीको खोजीमा ती स्थानहरूमा कुनै बम फेला परेन।

    अनुसन्धानमा झा स्वयं कुलेश्वरस्थित जनमैत्री माविको स्नातकोत्तर तहको परीक्षार्थी रहेको खुलेको छ। तयारी पर्याप्त नभएकाले परीक्षा स्थगित गर्न दबाब दिन झुठा समाचार फैलाएको उनले स्वीकारेका छन्।

    झा हाल सेरामिक्स टायल्स कम्पनीका बैंक प्रतिनिधिका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    खगेन्द्र सुनारको पार्टीले आफ्नै चिह्नबाट चुनाव लड्ने

    काठमाडौँ, मंसिर १७ – खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आगामी प्रतिनिधि सभा निर्वाचनमा आफ्नै...

    कालीमाटी मेलामा भीड व्यवस्थापनका लागि शुक्रबार स्थानीय बिदा

    सल्यान, मंसिर १७ – धान्यपूर्णिमा मेलाको तयारीसँगै कालीमाटी गाउँपालिकाले शुक्रबार एक दिन स्थानीय सार्वजनिक बिदा...

    बैंकिङ अनियमिततामा गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

    ललितपुर, मंसिर १७ – प्रभु बैंकलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र...

    एमाले महाधिवेशनमा ‘चितवन शैली’ फिर्ता? नेतृत्व चयन अघि आन्तरिक तानातान तीव्र

    काठमाडौं, मंसिर १७ – एमालेको एघारौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा खुलेरै सतहमा आएको...

    धरानका मेयर हर्क साम्पाङ विवादमा:अभिव्यक्ति, गतिविधि र धार्मिक–जातीय तनाव उकासेको आरोप

    धरान – धरानका मेयर हर्कराज साम्पाङको पछिल्ला गतिविधि र अभिव्यक्तिले स्थानीय समाजमा चर्को बहस र...