News Portal

परीक्षा नदिने बहानामा बमको हल्ला, युवक पक्राउ

३०० पटक

काठमाडौं, भदौ १५ – काठमाडौं उपत्यकामा बम राखिएको भन्दै प्रहरीले कन्ट्रोल रुममा फोन गरेर आतंक मच्चाउने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्ने महोत्तरी गाउँपालिका–२ घर भई हाल कीर्तिपुर–१० बस्ने जयरुद्र झा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनले भदौ १३ गते आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौंका विभिन्न शैक्षिक संस्थामा विस्फोटक पदार्थ राखिएको र दिउँसो ४ बजेसम्म पड्किने दाबी गरेका थिए। तर, प्रहरीको खोजीमा ती स्थानहरूमा कुनै बम फेला परेन।

अनुसन्धानमा झा स्वयं कुलेश्वरस्थित जनमैत्री माविको स्नातकोत्तर तहको परीक्षार्थी रहेको खुलेको छ। तयारी पर्याप्त नभएकाले परीक्षा स्थगित गर्न दबाब दिन झुठा समाचार फैलाएको उनले स्वीकारेका छन्।

झा हाल सेरामिक्स टायल्स कम्पनीका बैंक प्रतिनिधिका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...