News Portal

  • ९ कार्यालयबाट इम्बोस्ड नम्बर जडान, असोज १ देखि थप ७ कार्यालयमा सेवा

    १७१ पटक

    काठमाडौं, भदौ १५ – सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेपछि देशभर यस प्रणालीलाई विस्तार गर्दै लगिएको छ। हालसम्म ९ वटा यातायात कार्यालयबाट नम्बर जडान भइरहेको छ भने असोज १ गतेदेखि थप ७ कार्यालयमार्फत सेवा उपलब्ध हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ।

    हाल बागमती प्रदेशमा एकान्तकुना (ललितपुर), हेटौंडा (मकवानपुर), गुर्जुधारा (काठमाडौं) र टेकुस्थित सवारी परीक्षण कार्यालयमार्फत इम्बोस्ड नम्बर जडान भइरहेको छ। गण्डकी प्रदेशमा पोखरा (कास्की), लुम्बिनीमा बुटवल (रुपन्देही), तुल्सीपुर (दाङ) र नेपालगञ्ज (बाँके) मा सेवा उपलब्ध छ। कर्णाली प्रदेशमा भने सुर्खेत कार्यालयमार्फत नम्बर जडान भइरहेको विभागले जानकारी दिएको छ।

    असोज १ गतेदेखि सुदूरपश्चिममा धनगढी र कञ्चनपुर, मधेश प्रदेशमा लहान (सिरहा), बागमतीमा चितवन, र कोशी प्रदेशमा इटहरी (सुनसरी) तथा बिर्तामोड (झापा) बाट पनि इम्बोस्ड नम्बर जडान सुरु हुने विभागले जनाएको छ।

    मन्त्रीस्तरीय समितिको निर्णयअनुसार असोज १ गतेदेखि नयाँ दर्ता, नामसारी वा नवीकरण गर्न चाहने सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। विभागले सवारीधनीलाई आफूलाई पायक पर्ने कार्यालयमा गई समयमै नम्बर प्लेट जडान गराउन आग्रह गरेको छ।

    सरकारले निकट भविष्यमा सबै सवारीसाधनमा यो प्रणाली लागू गर्दै विवरण डिजिटाइज गर्ने तयारी गरेको छ। साथै, देशभरका १० वटा मुख्य प्रवेश नाकामा आरएफआईडी गेट स्थापना गर्ने योजना रहेको छ। हाल काठमाडौंका दुई स्थानमा यो गेट निर्माण सम्पन्न भई प्रयोगमा आइसकेको विभागले जनाएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...