News Portal

९ कार्यालयबाट इम्बोस्ड नम्बर जडान, असोज १ देखि थप ७ कार्यालयमा सेवा

२६५ पटक

काठमाडौं, भदौ १५ – सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेपछि देशभर यस प्रणालीलाई विस्तार गर्दै लगिएको छ। हालसम्म ९ वटा यातायात कार्यालयबाट नम्बर जडान भइरहेको छ भने असोज १ गतेदेखि थप ७ कार्यालयमार्फत सेवा उपलब्ध हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ।

हाल बागमती प्रदेशमा एकान्तकुना (ललितपुर), हेटौंडा (मकवानपुर), गुर्जुधारा (काठमाडौं) र टेकुस्थित सवारी परीक्षण कार्यालयमार्फत इम्बोस्ड नम्बर जडान भइरहेको छ। गण्डकी प्रदेशमा पोखरा (कास्की), लुम्बिनीमा बुटवल (रुपन्देही), तुल्सीपुर (दाङ) र नेपालगञ्ज (बाँके) मा सेवा उपलब्ध छ। कर्णाली प्रदेशमा भने सुर्खेत कार्यालयमार्फत नम्बर जडान भइरहेको विभागले जानकारी दिएको छ।

असोज १ गतेदेखि सुदूरपश्चिममा धनगढी र कञ्चनपुर, मधेश प्रदेशमा लहान (सिरहा), बागमतीमा चितवन, र कोशी प्रदेशमा इटहरी (सुनसरी) तथा बिर्तामोड (झापा) बाट पनि इम्बोस्ड नम्बर जडान सुरु हुने विभागले जनाएको छ।

मन्त्रीस्तरीय समितिको निर्णयअनुसार असोज १ गतेदेखि नयाँ दर्ता, नामसारी वा नवीकरण गर्न चाहने सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। विभागले सवारीधनीलाई आफूलाई पायक पर्ने कार्यालयमा गई समयमै नम्बर प्लेट जडान गराउन आग्रह गरेको छ।

सरकारले निकट भविष्यमा सबै सवारीसाधनमा यो प्रणाली लागू गर्दै विवरण डिजिटाइज गर्ने तयारी गरेको छ। साथै, देशभरका १० वटा मुख्य प्रवेश नाकामा आरएफआईडी गेट स्थापना गर्ने योजना रहेको छ। हाल काठमाडौंका दुई स्थानमा यो गेट निर्माण सम्पन्न भई प्रयोगमा आइसकेको विभागले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...