News Portal

चितवनमा कुकुरको निर्मम हत्या, दोषीमाथि कारबाहीको माग

३१८ पटक

चितवन, भदौ १५ – चितवनको पदमपुरस्थित कालिका क्षेत्रमा दुई पुरुषले लाठी र फरुवाले प्रहार गरी एक कुकुरलाई तड्पाउँदै हत्या गरेको घटना बाहिर आएको छ । कुकुरलाई मासु देखाएर नजिक ल्याई बारम्बार हिर्काएर मारिएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि घटना व्यापक रूपमा आलोचना भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार, ती पुरुषहरूले कुकुरलाई फकाएर हत्या गरेका थिए । सो दृश्य खिच्ने क्रममा भिडियो बनाउने महिलामाथि समेत ती व्यक्तिहरूले दबाब सिर्जना गरेका थिए । उनले घटनाको बारेमा प्रहरीलाई उजुरी गर्न खोज्दा सहयोग नपाएको गुनासोसमेत गरेकी छन् ।

पशु अधिकारकर्मी इरफान खानले यसलाई क्रूर र गैरकानुनी काम भन्दै दोषीलाई तुरुन्त कारबाहीको माग गरेका छन् । उनका अनुसार, मासु खान आएको कुकुरले कसरी आक्रमण गर्छ भन्ने प्रश्न खडा भएको छ । “कुकुर कुनै कारणबिना आक्रमण गर्दैन, प्रायः उकास्दा वा जिस्क्याउँदा मात्र यस्तो हुन्छ,” उनले बताए ।

स्थानीयवासीहरूका अनुसार, कुकुरको हत्या गर्ने व्यक्तिहरूको प्रवृत्ति डरपोक र आतङ्क पैदा गर्ने खालको भएकाले कसैले प्रहरीलाई जानकारी दिन सकेनन् ।

प्रहरी बिट पदमपुरले भने घटनाबारे जानकारी प्राप्त भएको र अनुसन्धानका लागि टोली पठाउने तयारी भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...