News Portal

चितवनमा कुकुरको निर्मम हत्या, दोषीमाथि कारबाहीको माग

२२९ पटक

चितवन, भदौ १५ – चितवनको पदमपुरस्थित कालिका क्षेत्रमा दुई पुरुषले लाठी र फरुवाले प्रहार गरी एक कुकुरलाई तड्पाउँदै हत्या गरेको घटना बाहिर आएको छ । कुकुरलाई मासु देखाएर नजिक ल्याई बारम्बार हिर्काएर मारिएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि घटना व्यापक रूपमा आलोचना भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार, ती पुरुषहरूले कुकुरलाई फकाएर हत्या गरेका थिए । सो दृश्य खिच्ने क्रममा भिडियो बनाउने महिलामाथि समेत ती व्यक्तिहरूले दबाब सिर्जना गरेका थिए । उनले घटनाको बारेमा प्रहरीलाई उजुरी गर्न खोज्दा सहयोग नपाएको गुनासोसमेत गरेकी छन् ।

पशु अधिकारकर्मी इरफान खानले यसलाई क्रूर र गैरकानुनी काम भन्दै दोषीलाई तुरुन्त कारबाहीको माग गरेका छन् । उनका अनुसार, मासु खान आएको कुकुरले कसरी आक्रमण गर्छ भन्ने प्रश्न खडा भएको छ । “कुकुर कुनै कारणबिना आक्रमण गर्दैन, प्रायः उकास्दा वा जिस्क्याउँदा मात्र यस्तो हुन्छ,” उनले बताए ।

स्थानीयवासीहरूका अनुसार, कुकुरको हत्या गर्ने व्यक्तिहरूको प्रवृत्ति डरपोक र आतङ्क पैदा गर्ने खालको भएकाले कसैले प्रहरीलाई जानकारी दिन सकेनन् ।

प्रहरी बिट पदमपुरले भने घटनाबारे जानकारी प्राप्त भएको र अनुसन्धानका लागि टोली पठाउने तयारी भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...