News Portal

सहर छाडेर गाउँमै रमाउँदै मैनाली परिवार

मैनाली परिवार गाउँ फर्केर गाईपालन व्यवसायबाट आर्थिक रूपमा सफल भई आत्मनिर्भर बनेका छन्।

रबिन्द्र बराल
२४२ पटक

माघ २८, मोरङ – रतुवामाई नगरपालिका-५ स्थित गोविन्दपुरमा ३ वर्षअघि स्थापना भएको समर कृषि फार्म सञ्चालनमा आएपछि अहिले उक्त फार्ममा होलेस्टाइन जातका १७ वटा गाई पालन गरिएको छ। फार्मबाट दैनिक २०० लिटर दूध बिक्री भइरहेको छ।

स्थानीय रमेश मैनाली १० वर्षअघि परिवारसहित काठमाडौं बसाइँ सरेका थिए। रोजगारीका सिलसिलामा उनले सोलुखुम्बुमा एक नेटवर्क कम्पनीको व्यवस्थापकको रूपमा काम गरिरहेका थिए। तर, गाउँमा रहेको ८ बिघा खेतीयोग्य जमिन अरूलाई ठेक्का दिएर काठमाडौंमा बस्दा एक जनाको कमाइबाट घर खर्च टार्न कठिन भएको महसुस गरे। त्यसपछि उनले परिवारलाई गाउँ फर्केर केही गर्ने आत्मविश्वासका साथ आफ्नै ८ बिघा जमिन र थप ४ बिघा लिजमा लिएर गाईपालन सुरु गरे।

गाईपालन व्यवसायका लागि १ करोड रुपैयाँ खर्च गरेर फार्म सुरु गरिएको मैनाली बताउँछन्। सुरुवाती चरणमा व्यवसाय सफल हुन्छ कि हुँदैन भन्ने चिन्ता भए पनि अहिले उनी केही मात्रामा सफल भएको अनुभव गरिरहेका छन्। हाल दैनिक २०० लिटर दूध जीवन विकास संस्थाले खरिद गर्छ, भने केही दूध गाउँघरमै बिक्री हुन्छ।

दूध बिक्रीमा खासै समस्या नभए पनि दूध किन्ने संस्थाले तीन महिनासम्म भुक्तानी रोक्दा समस्या हुने गरेको उनी बताउँछन्। साथै, सरकारले वास्तविक कृषकहरूलाई पहिचान गर्न नसक्दा केन्द्र, प्रदेश, र स्थानीय सरकारले झोलामा बोकेर हिँड्नेहरूलाई अनुदान दिने तर नेताको चाकडी गर्नेहरूलाई मात्र हरेक वर्ष अनुदान दिने गरेको आरोप लगाएका छन्।

रतुवामाई नगरपालिकाको कृषि शाखाले गाईपालक कृषकहरूको घरमै आएर गाईका रोग परीक्षण वा अन्य समस्याहरू बुझ्ने पहल नगरेको गुनासो पनि मैनालीले गरेका छन्।

१० वर्ष काठमाडौं बसेपछि पुनः गाउँ फर्केर गाईपालन थालेकोमा आफूहरू खुसी रहेको उनकी श्रीमती मञ्जु घिमिरे बताउँछिन्। उनले मास्टर डिग्री सके पनि रोजगारी नपाएपछि आफ्नै व्यवसायमा लाग्ने निर्णय गरेको सुनाइन्।

गाईपालनसँगै उनीहरूले आफ्नै खेतमा घाँस, मकै आदि खेती गर्दै आएका छन्। रासायनिक मलभन्दा गाईको गोबरको प्रयोगले राम्रो उत्पादन भइरहेको छ। अहिले दूध बिक्री गरेर मासिक सबै खर्च कटाएर १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनीहरू बताउँछन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...