News Portal

रास्वपालाई घरधनीको नोटिस, तीन महिनाभित्र कार्यालय खाली गर्न आग्रह

१४४ पटक

काठमाडौं, असोज १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीमा प्रयोग गर्दै आएको केन्द्रीय कार्यालय खाली गर्न घरधनीले सूचना दिएका छन्।

घरधनी भरतमणि देवकोटाले लामो समयसम्म भाडा नपाएको र सुरक्षासम्बन्धी कारण देखाउँदै तीन महिनाभित्र भवन खाली गर्न अनुरोध गरेका हुन्। उनका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा भएको सम्झौताअनुसार १० महिनादेखि भाडा बुझाइएको छैन। साथै, पार्टीलाई दिएको ठूलो सापट रकम पनि अझै नपाएको उनले बताएका छन्।

अमेरिकामा रहेका देवकोटाले भाडा र आफ्नो पार्टी संलग्नता फरक विषय भएको स्पष्ट पार्दै रास्वपाले त्यसलाई आवश्यक गम्भीरताका साथ नबुझेको भन्दै असन्तोष प्रकट गरेका छन्।

स्थापना समयमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय सानो ठहरिएपछि बनस्थलीस्थित देवकोटाको घरमा सारिएको हो। पार्टी सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकारसमेत नियुक्त भएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...