News Portal

  • मकै भित्र्याउन कृषकहरू व्यस्त

    रबिन्द्र बराल
    १७३ पटक

    मोरङ, वैशाख २८ – रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान लगायतका दक्षिणी भेगमा बसोबास गर्ने कृषकहरू अहिले मकै बाली भित्र्याउन व्यस्त छन्। अन्य बालीको तुलनामा मकै खेतीबाट राम्रो आम्दानी हुन थालेपछि मोरङका कृषकहरू मकै खेतीतर्फ आकर्षित हुन थालेका हुन्।

    बलौटे माटोमा समेत मकै उत्पादन हुन थालेपछि पहिले बाँझो रहेको खेत पनि अहिले हरियालीले भरिएको देखिन्छ। फागुन महिनामा रोपिएको मकै जेठ महिनामा भित्र्याउने गरिन्छ।

    यद्यपि मकै खेतीमा अन्य बालीभन्दा बढी खर्च र मेहनत गर्नुपर्ने हुन्छ, यसबाट अपेक्षाकृत राम्रो आम्दानी हुने भएकाले कृषकहरू यसतर्फ आकर्षित भएका छन्। स्थानीय कृषक बैजनाथ मण्डल भन्छन्, “मकै राम्रो आम्दानीको स्रोत बन्न थालेको छ, तर त्यहीअनुसार सहयोग पाइँदैन।”

    स्थानीय सरकारले कृषकका समस्याप्रति गम्भीर चासो नदेखाएकोमा गुनासो गर्दै अर्का कृषक पप्पु कुमार साह भन्छन्, “हामीले अनुदान त के पायौं र, मलसमेत आवश्यकता अनुसार उपलब्ध हुँदैन।” उनले १२ बिघा जमिनमा मकै खेती गरे पनि अहिले मजदुरको अभावले मकै खेतमै थन्किनु परेको दुःखेसो गरे।

    हाल व्यापारीहरूले काँचो मकै १,००० रुपैयाँ प्रतिक्विन्टल र सुक्खा मकै ३,२०० रुपैयाँ प्रतिक्विन्टलको दरमा खरिद गरिरहेका छन्।

    एक बिघा खेतमा बीउ, मलखाद, सिँचाइ, गोडमेल र मकै बोकाइसम्मका लागि करिब ७० हजार रुपैयाँ खर्च हुने कृषकहरूको भनाइ छ।

    अहिले केही ठाउँमा मजदुरहरू बिहान ८ बजेदेखि दिउँसो ५ बजेसम्म टन्टलापुर घाममा काम गर्दै प्रतिदिन ५ सय रुपैयाँ पारिश्रमिक र एक छाक खानामा मकै टिपिरहेका छन्। उनीहरूले आफ्नो ज्याला बढाउनुपर्ने मागसमेत गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...