News Portal

मकै भित्र्याउन कृषकहरू व्यस्त

रबिन्द्र बराल
३१७ पटक

मोरङ, वैशाख २८ – रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथान लगायतका दक्षिणी भेगमा बसोबास गर्ने कृषकहरू अहिले मकै बाली भित्र्याउन व्यस्त छन्। अन्य बालीको तुलनामा मकै खेतीबाट राम्रो आम्दानी हुन थालेपछि मोरङका कृषकहरू मकै खेतीतर्फ आकर्षित हुन थालेका हुन्।

बलौटे माटोमा समेत मकै उत्पादन हुन थालेपछि पहिले बाँझो रहेको खेत पनि अहिले हरियालीले भरिएको देखिन्छ। फागुन महिनामा रोपिएको मकै जेठ महिनामा भित्र्याउने गरिन्छ।

यद्यपि मकै खेतीमा अन्य बालीभन्दा बढी खर्च र मेहनत गर्नुपर्ने हुन्छ, यसबाट अपेक्षाकृत राम्रो आम्दानी हुने भएकाले कृषकहरू यसतर्फ आकर्षित भएका छन्। स्थानीय कृषक बैजनाथ मण्डल भन्छन्, “मकै राम्रो आम्दानीको स्रोत बन्न थालेको छ, तर त्यहीअनुसार सहयोग पाइँदैन।”

स्थानीय सरकारले कृषकका समस्याप्रति गम्भीर चासो नदेखाएकोमा गुनासो गर्दै अर्का कृषक पप्पु कुमार साह भन्छन्, “हामीले अनुदान त के पायौं र, मलसमेत आवश्यकता अनुसार उपलब्ध हुँदैन।” उनले १२ बिघा जमिनमा मकै खेती गरे पनि अहिले मजदुरको अभावले मकै खेतमै थन्किनु परेको दुःखेसो गरे।

हाल व्यापारीहरूले काँचो मकै १,००० रुपैयाँ प्रतिक्विन्टल र सुक्खा मकै ३,२०० रुपैयाँ प्रतिक्विन्टलको दरमा खरिद गरिरहेका छन्।

एक बिघा खेतमा बीउ, मलखाद, सिँचाइ, गोडमेल र मकै बोकाइसम्मका लागि करिब ७० हजार रुपैयाँ खर्च हुने कृषकहरूको भनाइ छ।

अहिले केही ठाउँमा मजदुरहरू बिहान ८ बजेदेखि दिउँसो ५ बजेसम्म टन्टलापुर घाममा काम गर्दै प्रतिदिन ५ सय रुपैयाँ पारिश्रमिक र एक छाक खानामा मकै टिपिरहेका छन्। उनीहरूले आफ्नो ज्याला बढाउनुपर्ने मागसमेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...