News Portal

मकै काट्ने मेसिन भित्रिएपछि कृषक उत्साहित

रबिन्द्र बराल
२९५ पटक

मोरङ, जेठ १ – मोरङको दक्षिणी भेगमा पर्ने रंगेली, सुनवर्सी, रतुवामाई र धनपालथान गाउँपालिका लगायतका कृषकहरू अहिले मकैबाली भित्र्याउने काममा व्यस्त छन्। यस वर्ष रंगेलीमा पहिलो पटक अत्याधुनिक मकै काट्ने ‘कम्पाइन’ मेसिन भित्रिएपछि कृषकहरूमा सहजता आएको छ।

पछिल्लो समय गाउँघरमा जनमजदुरीको अभाव हुँदा खेतमै मकै बिग्रने अवस्था आएको कृषकहरूले बताएका छन्। स्थानीय कृषक गोपाल घिमिरेका अनुसार, मजदुरहरूले एक दिनको ५ सय रुपैयाँ ज्याला र एक छाक खाना माग्ने भए पनि सहजै भेटिन छाडेपछि आफूले कम्पाइन मेसिन प्रयोग गर्न थालेका हुन्। कम्पाइन प्रयोग गर्दा मजदुरीको तुलनामा लागत कम हुने भएकोले धेरै बचत भएको उनले बताए।

मजदुरको अभाव बढेसँगै रंगेली–९ धन्जुवाका महेन्द्र यादवले मकै काट्ने मेसिन खरिद गरेका छन्। अहिले उनलाई मकै काट्न भ्याइनभ्याइ भएको छ। यादवका अनुसार कम्पाइन मेसिनबाट मकै काट्दा प्रतिघण्टा ८ हजार रुपैयाँ लिने गरिएको छ र एक बिघादेखि डेढ बिघासम्म मकै काट्ने काम सकिन्छ।

पछिल्लो समय गाउँ नै सुनसान हुने गरी युवाहरू विदेशी भूमिमा जान थालेका कारण कृषिमा काम गर्ने जनशक्ति अभाव भइरहेको छ। यस्तो अवस्थामा यान्त्रिक कृषि प्रविधिले कृषकहरूलाई ठूलो राहत दिएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...