News Portal

महासचिव विप्लव सीसँग कृषि विज्ञहरूको छलफल : कृषि आत्मनिर्भरतातर्फ कदम

संगीता गुरुङ
३५३ पटक

चैत्र २९, कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सी र कृषि क्षेत्रका विभिन्न विज्ञहरूबीच एक अर्थपूर्ण भेटघाट तथा छलफल सम्पन्न भएको छ।

पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त छलफलमा कृषि वैज्ञानिक डा. निरोज पौडेल, अर्कागानि मल कम्पनीका म्यानेजर सुदिप वास्तोला तथा कृषि उद्यमी मार्काण्डे अधिकारी सहभागी थिए।

भेटघाटका क्रममा मुलुकको कृषि प्रणालीमा देखिएका जटिलताहरू, समाधानका सम्भावित उपायहरू तथा दीर्घकालीन कृषि आत्मनिर्भरता प्राप्तिका लागि आवश्यक रणनीतिहरूबारे व्यापक छलफल भएको बताइएको छ।

कृषि उत्पादनमा बढोत्तरी गर्दै देशलाई आत्मनिर्भर बनाउने दिशा तर्फ अब सरकार र विज्ञहरूबीच सहकार्यको खाँचो रहेको निष्कर्षमा छलफल टुंगिएको हिमाली सञ्चार टिमलाई जानकारी प्राप्त भएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...