News Portal

रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

२३४ पटक

मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

रंगेली–चोप्राहा सडकखण्ड नजिकको पोखरी क्षेत्रमा गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले रंगेली तर्फ आउँदै गरेको सिटी सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध सहित कानेपोखरी–५ भाउसाबारीका २७ वर्षीय जीवन खड्का र रंगेली–४ का १८ वर्षीय सतीश कुमार साहलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी निरीक्षक सुकबहादुर तामाङका अनुसार, उनीहरूको साथबाट करिब ६ ग्राम तौलको खैरो हिरोइन जस्तो देखिने प्रतिबन्धित लागूऔषध प्लास्टिकको प्याकेटमा फेला परेको थियो। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...