News Portal

रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

१४९ पटक

मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

रंगेली–चोप्राहा सडकखण्ड नजिकको पोखरी क्षेत्रमा गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले रंगेली तर्फ आउँदै गरेको सिटी सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध सहित कानेपोखरी–५ भाउसाबारीका २७ वर्षीय जीवन खड्का र रंगेली–४ का १८ वर्षीय सतीश कुमार साहलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी निरीक्षक सुकबहादुर तामाङका अनुसार, उनीहरूको साथबाट करिब ६ ग्राम तौलको खैरो हिरोइन जस्तो देखिने प्रतिबन्धित लागूऔषध प्लास्टिकको प्याकेटमा फेला परेको थियो। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...