News Portal

गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

३०६ पटक

काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे पासपोर्ट रोक्का मात्र नभई पक्राउसमेत गर्न सकिने चेतावनी दिएका छन्।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबार बाहिर पत्रकारहरूको प्रश्नको जवाफ दिंदै उनले भने, “कानुनमा सबै कुरा स्पष्ट छ। अनुसन्धान आवश्यक ठानेको खण्डमा पासपोर्ट रोक्का मात्र नभई बयानका लागि पक्राउसमेत गर्न सकिन्छ।”

मन्त्री अर्यालले भ्रष्टाचारको छानबिनका लागि राज्यका सम्बन्धित निकायहरू सक्रिय भइसकेको जानकारी पनि दिए। उनले भने, “राज्यका निकायहरूले कानुनअनुसार अनुसन्धान अघि बढाइरहेका छन्। सरकार भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा दृढ छ।”

यसअघि, सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि नेताहरूको पासपोर्ट रोक्का र भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढिरहेको जानकारी दिएका थिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...