News Portal

  • युवा शक्ति टीम कुवेतले रक्तदान कार्यक्रम गर्ने

    ३९२ पटक

    कुवेत- कुवेतमा सक्रिय सामाजिक संस्था युवा शक्ति टीमले  रक्तदान कार्यक्रम गर्ने घोषणा गरेको छ। नेपाली समुदायबीच मानव सेवा र सामाजिक उत्तरदायित्वको भावना जागृत गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

    कुवेतमा भर्खरै मात्रै गठन भएको युवा शक्ति टिमले आफ्नो पहिलो सामाजिक कार्य रक्तदान कार्यक्रमबाट आयोजना गर्ने भएको छ।

    रक्तदान जस्तो पुण्य कार्यमा सबैको सहभागिता आवश्यक छ। हामीले विदेशमा रहे पनि समाजप्रति हाम्रो कर्तव्य छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी युवा शक्ति टिमको युवा संयोजकले जानकारी दिए।

    युवा शक्ति टिमले सम्पूर्ण नेपाली समुदायलाई सो कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। विशेष गरी युवाहरूलाई सामाजिक जागरूकता फैलाउनका लागि यस्तो अभियानमा जुट्न प्रेरणा दिने उद्देश्य राखिएको छ। संस्थाले निकट भविष्यमा अरू सामाजिक, सांस्कृतिक तथा मानव सेवामूलक कार्यक्रमहरू पनि गर्ने प्रतिबद्धता जनाएको छ।

    रक्तदान कार्यक्रम हुने मिति स्थान र समय ,मिति
    स्थान – जाबरिया सेन्टल ब्लड बैंक कुवेत
    समय- दिउँसो २ बजेदेखि ४ बजे

    मिति – सेप्टेम्बर १२, २०२५

    रक्तदान कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला।

    महेस लामा -९७८१५७७१
    मदन चम्लागाईं – ६९९७००५८
    विशाल डल्लाकोटी – ५१०८०९३५
    पावल राई -५६६३०२८४

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ७ गतेको राशिफल

    आज कार्तिक ७, २०८२ (अक्टोबर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    आज २०८२ साल कार्तिक ६ गतेको राशिफल

    आज कार्तिक ६, २०८२ (अक्टोबर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...