News Portal

जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

२३९ पटक

भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत नभएको बताएका छन्। बिहीबार साँझ आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै उनले भने, “भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताको मागमा कसैको विमति छैन। तर जेनजीले सार्वजनिक सम्पत्ति नष्ट गर्न वा हिंसा गर्न सक्दैनन्।”

ओलीले जेनजी पुस्तालाई देशप्रेमी र विवेकशील बताए। उनका अनुसार, “निर्वाचित निकाय नष्ट गर्ने वा संरचनामा आगजनी गर्ने काम जेनजीबाट भएको छैन। उनीहरू सुत्ली बम वा हिंसात्मक उद्देश्यका लागि आएका थिएनन्। तर परिस्थितिले युवा विद्यार्थीहरूलाई जोखिममा पार्‍यो।”

पूर्वप्रधानमन्त्रीले आफ्नो अनुभव साझा गर्दै भने, “राष्ट्रिय स्वाधीनता र स्वाभिमानको झण्डा उठाउँदा मैले अपमान बेहोर्नुपर्‍यो। सत्यमा एक्लै भए पनि उभिनु पर्छ।”

ओलीले सामाजिक सद्भाव भड्काउने अभिव्यक्तिलाई रोक्न र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले आम पार्टी र लोकतान्त्रिक शक्तिहरूलाई सतर्क रहन अपील गरे।

अन्तमा, प्रेस तथा वाक स्वतन्त्रताको महत्व औँल्याउँदै पत्रकारहरूलाई सत्य समाचार निर्भीकताका साथ सम्प्रेषण गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...