News Portal

सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

१९८ पटक

काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन गर्ने गरी आयोग गठन गर्ने घोषणा गरेका छन्। उनले सम्पत्ति सार्वजनिक गर्ने तयारी पनि भएको बताए।

पार्टीको केन्द्रीय समिति बैठकलाई दोस्रो दिन सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुरानै ढर्राले पार्टी सञ्चालन गर्न नसकिने भन्दै संगठनमा मात्र होइन, नेताको व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको बताए।

उनका अनुसार अब पार्टीका सबै तहका नेतृत्वले परिवार, सचिवालय र कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने छ।

बैठकमा प्रचण्डले नेताहरूको खानपान, लवाइखवाइदेखि जनसंग सम्बन्ध सुधार्न के–के गर्न सकिन्छ भन्नेबारे लिखित सुझाव पेस गर्न पनि निर्देशन दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...