News Portal

दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

२८७ पटक

काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताएका छन्। विराटनगरमा स्वागत समारोहका क्रममा उनले प्रधान सेनापति अशोकराज सिग्देलले प्रधानमन्त्री बन्न पहिलोपटक अफर गरेको बताए। तर उनले यो प्रस्ताव अस्वीकार गरेको पनि स्पष्ट पारे।

कार्यक्रममा प्रसाईँले भने, “सरकार असफल भएपछि को अघि बढ्छ भन्ने कुरा मलाई प्रधान सेनापतिले सोधे। राजनीतिक दलमा मिस्सी, बास्सा र एक्का जस्ता पात्रहरू छन्, तर म एक्का भएर अघि बढ्न सक्छु।” उनले आफूलाई अहिलेको राजनीतिको अन्तिम विकल्प पनि भने।

प्रसाईँले आफ्ना एजेन्डा अनुसार देशमा ऋण माफी र गरीबले बडीगार्डबिना सरल जीवन जिउन सक्ने प्रधानमन्त्री आवश्यक रहेको बताए। उनले शीर्ष तीन दलका नेताहरू राजनीतिक रूपमा सुकुमबासी भएको आरोप समेत लगाए।

चन्द्रगढी विमानस्थलमा समर्थकहरूले बाजागाजा र फूलमालासहित उनको स्वागत गरेका थिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...