News Portal

युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

६४८ पटक

कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन्।

युवा शक्ति टिमले आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा उल्लेखनीय संख्यामा सहभागी भई स्वेच्छिक रक्तदान गरेका थिए।

कुवेतमा रहेका नेपाली तथा अन्य समुदायका व्यक्तिहरूलाई आपतकालीन अवस्थामा रगतको अभाव हुन नदिन सहयोग गरेकाे जानकारी आयोजक टीमले हिमाली संचारकाे कुराकानीमा बताए।

युवा शक्ति टीमले “रक्तदान जीवनदान हो भन्ने उद्देश्यका साथ हरेक हरेक वर्ष यस्तो कार्यक्रम गर्न बताए। आज यस रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे। रक्तदान कार्यक्रमपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुबेतका अध्यक्ष लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको समेत उपस्थिति थियो।

कार्यक्रमको समापनमा युवा शक्ति टीमका अध्यक्ष महेस लामाले रक्तदाताहरूप्रति धन्यवाद ज्ञापन गर्दै यस्ता सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहिरहने प्रतिवद्धता व्यक्त गरे। उहाँले रक्तदानलाई ‘जीवनदान’ भन्दै, आगामी दिनमा अझ व्यवस्थित रूपमा यस्ता अभियान सञ्चालन गरिने बताए।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...