News Portal

नेपालभर इन्टरनेट सेवा प्रभावित: ६ अर्ब बक्यौता नतिरेपछि एयरटेलले सेवा बन्द गर्‍यो

दुई वर्षदेखि झण्डै ६ अर्ब रुपैयाँ बक्यौता रहेको भन्दै एयरटेलले नेपाललाई आपूर्ति गरिरहेको इन्टरनेट सेवा बन्द गरिदिएको छ।

संगीता गुरुङ
३१० पटक

२० माघ , काठमाडौं – नेपालभर इन्टरनेट सेवामा व्यापक समस्या देखिएको छ। यसको मुख्य कारण भारतीय कम्पनी एयरटेललाई इन्टरनेट ब्याण्डविथ शुल्क तिर्न सरकारबाट अवरोध हुनु हो। दुई वर्षदेखि झण्डै ६ अर्ब रुपैयाँ बक्यौता रहेको भन्दै एयरटेलले नेपाललाई आपूर्ति गरिरहेको इन्टरनेट सेवा बन्द गरिदिएको छ।

आइतबार, १९ माघ २०८१, साँझ ८ बजेपछि नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकहरू जस्तै वर्ल्डलिंक, सीजी, डिसहोम, सुबिसु, भियनेट लगायतका सेवामा समस्या देखिएको हो। इन्टरनेट सेवा प्रदायक संघ (ISPAN) का अध्यक्ष सुधीर पराजुलीका अनुसार एयरटेलले नेपाललाई आपूर्ति गर्ने इन्टरनेट अस्थायी रूपमा बन्द गरेपछि सेवा अवरुद्ध भएको हो। पराजुलीले सरकारलाई पटक-पटक अनुरोध गरे पनि दुई वर्षसम्म एयरटेलको बक्यौता रकम भुक्तानी गर्न पहल नभएको बताउँदै एयरटेलले आफ्नो सेवा जति बेला मन लाग्छ, त्यति बेला बन्द गर्ने अवस्था आएको बताए।

नेपाल सरकारले इन्टरनेट ब्याण्डविथ खरिदका लागि आवश्यक विदेशी मुद्रा सटही सिफारिस नगर्दा ISP हरू दोधारमा परेका छन्। ISPAN का अनुसार सरकारले ब्याण्डविथ खरिदलाई टेलिकम सेवासँग जोडेर कर लगाउने नीति लिएको छ, जसलाई निजी क्षेत्रले विभेदकारी भन्दै विरोध गरिरहेको छ। ISPAN का अध्यक्ष पराजुलीले निजी ISP हरूलाई विदेशी मुद्रा सटहीका लागि नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने भए पनि सरकारी दूरसञ्चार प्रदायकहरूले सिधै बैंकमार्फत भुक्तानी गर्नसक्ने सुविधाले निजी क्षेत्र अन्यायमा परेको आरोप लगाए।

नेपालको कुल इन्टरनेट ब्याण्डविथमध्ये ७० प्रतिशत एयरटेलबाट आपूर्ति हुने भएकाले यसको प्रभाव देशभर परेको हो। यदि समस्या तत्काल समाधान नभए देशव्यापी इन्टरनेट सेवा थप प्रभावित हुने खतरा रहेको पराजुलीले चेतावनी दिएका छन्।

ISPAN ले सरकारसमक्ष इन्टरनेट ब्याण्डविथ खरिदका लागि विदेशी मुद्रा सटहीको सिफारिस तत्काल गर्नुपर्ने, इन्टरनेट सेवा प्रदायकहरूको लाइसेन्स नवीकरण सहज रूपमा गर्नुपर्ने, र इन्टरनेट सेवालाई टेलिकम सेवा अन्तर्गत राखी अनावश्यक कर लगाउने नीति हटाइनुपर्ने माग राखेको छ। यदि सरकारले समस्या समाधान नगरेमा नेपालमा इन्टरनेट सेवा गम्भीर रूपमा प्रभावित हुने र डिजिटल नेपालको लक्ष्य अधुरो रहने ISPAN को भनाइ छ।

 

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...