News Portal

  • नेपालभर इन्टरनेट सेवा प्रभावित: ६ अर्ब बक्यौता नतिरेपछि एयरटेलले सेवा बन्द गर्‍यो

    दुई वर्षदेखि झण्डै ६ अर्ब रुपैयाँ बक्यौता रहेको भन्दै एयरटेलले नेपाललाई आपूर्ति गरिरहेको इन्टरनेट सेवा बन्द गरिदिएको छ।

    संगीता गुरुङ
    १९१ पटक

    २० माघ , काठमाडौं – नेपालभर इन्टरनेट सेवामा व्यापक समस्या देखिएको छ। यसको मुख्य कारण भारतीय कम्पनी एयरटेललाई इन्टरनेट ब्याण्डविथ शुल्क तिर्न सरकारबाट अवरोध हुनु हो। दुई वर्षदेखि झण्डै ६ अर्ब रुपैयाँ बक्यौता रहेको भन्दै एयरटेलले नेपाललाई आपूर्ति गरिरहेको इन्टरनेट सेवा बन्द गरिदिएको छ।

    आइतबार, १९ माघ २०८१, साँझ ८ बजेपछि नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकहरू जस्तै वर्ल्डलिंक, सीजी, डिसहोम, सुबिसु, भियनेट लगायतका सेवामा समस्या देखिएको हो। इन्टरनेट सेवा प्रदायक संघ (ISPAN) का अध्यक्ष सुधीर पराजुलीका अनुसार एयरटेलले नेपाललाई आपूर्ति गर्ने इन्टरनेट अस्थायी रूपमा बन्द गरेपछि सेवा अवरुद्ध भएको हो। पराजुलीले सरकारलाई पटक-पटक अनुरोध गरे पनि दुई वर्षसम्म एयरटेलको बक्यौता रकम भुक्तानी गर्न पहल नभएको बताउँदै एयरटेलले आफ्नो सेवा जति बेला मन लाग्छ, त्यति बेला बन्द गर्ने अवस्था आएको बताए।

    नेपाल सरकारले इन्टरनेट ब्याण्डविथ खरिदका लागि आवश्यक विदेशी मुद्रा सटही सिफारिस नगर्दा ISP हरू दोधारमा परेका छन्। ISPAN का अनुसार सरकारले ब्याण्डविथ खरिदलाई टेलिकम सेवासँग जोडेर कर लगाउने नीति लिएको छ, जसलाई निजी क्षेत्रले विभेदकारी भन्दै विरोध गरिरहेको छ। ISPAN का अध्यक्ष पराजुलीले निजी ISP हरूलाई विदेशी मुद्रा सटहीका लागि नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने भए पनि सरकारी दूरसञ्चार प्रदायकहरूले सिधै बैंकमार्फत भुक्तानी गर्नसक्ने सुविधाले निजी क्षेत्र अन्यायमा परेको आरोप लगाए।

    नेपालको कुल इन्टरनेट ब्याण्डविथमध्ये ७० प्रतिशत एयरटेलबाट आपूर्ति हुने भएकाले यसको प्रभाव देशभर परेको हो। यदि समस्या तत्काल समाधान नभए देशव्यापी इन्टरनेट सेवा थप प्रभावित हुने खतरा रहेको पराजुलीले चेतावनी दिएका छन्।

    ISPAN ले सरकारसमक्ष इन्टरनेट ब्याण्डविथ खरिदका लागि विदेशी मुद्रा सटहीको सिफारिस तत्काल गर्नुपर्ने, इन्टरनेट सेवा प्रदायकहरूको लाइसेन्स नवीकरण सहज रूपमा गर्नुपर्ने, र इन्टरनेट सेवालाई टेलिकम सेवा अन्तर्गत राखी अनावश्यक कर लगाउने नीति हटाइनुपर्ने माग राखेको छ। यदि सरकारले समस्या समाधान नगरेमा नेपालमा इन्टरनेट सेवा गम्भीर रूपमा प्रभावित हुने र डिजिटल नेपालको लक्ष्य अधुरो रहने ISPAN को भनाइ छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशको ढाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

    काठमाडौं – बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएकाे छ। बंगलादेशको...

    सात महिना बित्दा न त भिसा आयो

    ‎तेह्रथुम। आठराई गाउँपालिकाकी टीका नाम गरेकी चेलीले आफ्नो परिवारको आर्थिक अवस्था सुधार्ने ठूलो सपना बोकेकी...

    सन्पाटबाट दाम्लो र मुखाडी बनाउँदै रमनपुरका सयौं परिवार व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक १ – मोरङको सुनवर्षी नगरपालिका–५ स्थित रमनपुर गाउँका करिब तीन सयभन्दा...

    आज २०८२ साल कार्तिक १ गतेको राशिफल

    आज कार्तिक १, २०८२ (अक्टोबर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीको आरोप : सरकार मलाई थुन्न खोज्दैछ

    काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गर्ने...