News Portal

ओलीले सर्वोच्चको आदेशप्रति असहमति व्यक्त गरे

१७७ पटक

काठमाडौं, मंसिर १६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने, संविधानले मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ। तर, सर्वोच्चले २४ घण्टाभित्र आदेश दिएकोमा उनले अचम्म व्यक्त गरे। ओलीले प्रश्न गरे, “चार दिनपछि ३० दिनको म्याद पूरा हुँदैछ। यसलाई घटाएर २४ घण्टामा विश्वासको मत किन मागियो? आवश्यकताको सिद्धान्त यही हो कि?”

यद्यपि उनले अदालतको निर्णयको सम्मान गर्ने र आदेश कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाए। ओलीले परिस्थितिजन्य वा व्यक्तिनिर्भर फैसला होइन, संविधान र कानुनको आधारमा मात्र निर्णय हुनुपर्ने जोड दिएका छन्।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको थियो।

प्रतिकृया दिनुहोस्

४५ हजारको सहयोग, ३१ हजार खर्चमै—दुःखीको सहारा परिवार कुवेत

काठमाडौँ — कुवेतस्थित दुःखीको सहारा परिवार कुवेतबाट देउराली राष्ट्रिय आधारभूत विद्यालय चितवनकाे विद्यार्थीहरूलाई कापी, कलम,...

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...