News Portal

ओलीले सर्वोच्चको आदेशप्रति असहमति व्यक्त गरे

१७५ पटक

काठमाडौं, मंसिर १६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

एमालेले च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने, संविधानले मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ। तर, सर्वोच्चले २४ घण्टाभित्र आदेश दिएकोमा उनले अचम्म व्यक्त गरे। ओलीले प्रश्न गरे, “चार दिनपछि ३० दिनको म्याद पूरा हुँदैछ। यसलाई घटाएर २४ घण्टामा विश्वासको मत किन मागियो? आवश्यकताको सिद्धान्त यही हो कि?”

यद्यपि उनले अदालतको निर्णयको सम्मान गर्ने र आदेश कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाए। ओलीले परिस्थितिजन्य वा व्यक्तिनिर्भर फैसला होइन, संविधान र कानुनको आधारमा मात्र निर्णय हुनुपर्ने जोड दिएका छन्।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...