News Portal

२७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

२८३ पटक

काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईं र अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीबीच सिंहदरबारमा महत्वपूर्ण वार्ता शुरू भएको छ। सरकार र प्रसाईं समूहबीच यो पहिलो औपचारिक संवाद हो, जसलाई आगामी राजनीतिक दिशानिर्देशनका रूपमा हेरिएको छ।

वार्तामा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल पनि उपस्थित थिए। प्रसाईंको पक्षबाट १९ सदस्यीय टोली सहभागी भएको हिमाली संचार स्रोतले जानकारी दिएको छ।

प्रसाईंले सरकारले बेवास्ता गरिरहेको भन्दै आफ्ना २७ बुँदे मागका मुख्य बुँदाहरू विस्तृत रूपमा राखेका छन्। ती मागमा संविधान खारेज गरी नयाँ संविधान निर्माण, प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व, हिन्दु राष्ट्र, राजसंस्थाको पुनर्स्थापना, विदेशी प्रभावविरुद्ध कडाइ, शान्ति–सुरक्षा मजबुत बनाउने तथा नागरिक स्वतन्त्रताको पूर्ण सुनिश्चितता जस्ता विषय समावेश छन्।

गत मंसिर ६ गते उनीहरूले गृहमन्त्रीलाई बुझाएको मागपत्रमा सरकार पक्षले निर्वाचनमार्फत समाधान खोज्न सुझाव दिएपनि प्रसाईं समूह तत्काल कार्यान्वयनको माग दोहोर्याइरहेको छ। माग पूरा नभए चरणबद्ध आन्दोलनलाई अझ कडा बनाउने चेतावनी उनीहरूको छ।

आजको संवादमा शान्ति–सुरक्षा, राष्ट्रियता, धर्म तथा सांस्कृतिक स्वतन्त्रता जस्ता समसामयिक मुद्दामा दुवै पक्षले गम्भीर छलफल गरेको बताइएको छ। सिंहदरबारमा भएको यो भेट वार्ताले देशको राजनीतिक परिस्थितिमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...