
काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा सम्पन्न गरेको छ। निर्वाचन आयोगमा दल दर्ता गरेपछि सिफल चौरमा आयोजना गरिएको यस कार्यक्रममा पार्टी प्रवेश तथा संगठन विस्तार मुख्य उद्देश्य रहेको बताइएको छ।
सभामा पार्टी अध्यक्ष हर्क साम्पाङसहित धरानका प्रमुख नेताहरू र कार्यकर्ताहरूको ठूलो संख्यामा सहभागिता थियो। साम्पाङले पानस बालेर कार्यक्रम उद्घाटन गरेका थिए।
कार्यक्रममा सहभागीहरूले राष्ट्रिय झण्डा बोकेका थिए भने पार्टीको चुनाव चिह्न, दुई हातको अँजुलीमा लिएको माटो, प्लेकार्डमा प्रदर्शन गरिएको थियो।
