News Portal

मौद्रिक नीतिअघि सेयर बजारमा देखियो चमक, सेयर बजारमा सकारात्मक प्रभाव

“सबै समूहका सूचकसँगै कारोबार रकम पनि बढ्यो”

हिमालीसंचार संवाददाता
२७२ पटक

काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न निकायसँग बसेर मौद्रिक नीतिबारे छलफल गरिरहँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।बिहीबार नेप्से परिसूचक ७४ दशमलव ९३ अंकले बढेर दुई हजार ३७ दशमलव ६४ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स १२ दशमलव ६३ अंकले बढेर तीन सय ९१ दशमलव ७८ बिन्दुमा पुगेको छ ।

पछिल्लो समय सेयर बजार बढेसँगै लगानीकर्ता उत्साहित बन्न पुगेका छन् । बुधबार मौद्रिक नीतिका विषयमा अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच लामो कुराकानी भएको थियो । लगानीकर्ताले उठाउँदै आएको माग सम्बोधन पनि अब आउने मौद्रिक नीतिसँग जोडिने अपेक्षामा यसपटकको मौद्रिक नीतिलाई सेयर लगानीकर्ताले चासोका साथ हेरिरहेका छन् । लगानीकर्ता आगामी मौद्रिक नीतिमार्फत आफ्नो मागलाई सम्बोधन गराउनका लागि विभिन्न राजनीतिक भेटघाट बढाउन थालेका छन् ।

बिहीबार बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा एक अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन सबै समूहका सूचक बढेका छन् । ट्रेडिङ समूहको सूचक सात दशमलव ३१ प्रतिशतले बढ्दा यी समूहका लगानीकर्ता यस दिन उल्लेख्य नाफामा देखिएका छन् ।

त्यसैगरी, विकास बैंक समूह र फाइनान्स समूहको सूचक ६ प्रतिशतभन्दा बढीले बढ्दा उत्पादनमूलक समूह र ‘अन्य’ समूहको सूचक ५ प्रतिशतभन्दा बढीले बढेको छ । अन्य सात समूहको सूचक ३ प्रतिशतदेखि ४ प्रतिशतभन्दा बढीले बढेको छ । यस दिन एक सय ९१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने पाँचवटा कम्पनीको सेयर मूल्य घटेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २७ कम्पनीको ७२ लाख ५४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ इन्स्योरेन्स, अरुण काबेली पावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन, न्यादी गु्रप पावर, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल रिइन्स्योरेन्स कम्पनी र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर मूल्य पाँच करोड रुपैयाँदेखि नौ करोड ९५ लाख रुपौयाँसम्मको सेयर कारोबार भएको छ ।

यस दिन सातवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, मैलुङ खोला जलविद्युत् कम्पनी, न्यादी पावर, आँधी खोला लघुवित्त वित्तीय संस्था, सिवाइसी लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । बढेको बजारमा ग्लोबल आइएमई बैंकको ऋणपत्र, वरुण हाइड्रोपावर कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर २ प्रतिशतभन्दा बढीले घटेको छ ।

पुँजी बजार सुझाव समिति र लगानीकर्ता संगठनबीच छलफल: अर्थ मन्त्रालयले गठन गरेको पुँजी बजार सुझाव समितिले बिहीबार विभिन्न लगानीकर्ता संगठनका प्रतिनिधिसंग छलफल गरेको छ । अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सुझाव समितिले बजारको विकासका लागि लगानीकर्ताबाट सुझाव संकलन गरेको हो । सुझाव समितिसँगको छलफलमा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल सहभागी थिए ।

छलफल कार्यक्रममा लगानीकर्ता संगठनहरूले सुझाव समितिलाई विभिन्न १८ बुँदे मागहरू पेस गरेका । लगानीकर्तासँगको छलफलमा सहभागी राधा पोख्रेलले सुझाव समितिले लगानीकर्ताका मागहरू अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको समेत बताइन् ।

लगानीकर्ताले बुझाएको १८ बुँदे मागमा विशेष गरी सेयर सीमा कर्जा ४–१२ करोडको नीतिलाई तत्काल खारेज गर्नुपर्ने, ब्रोकर कमिसन घटाउनुपर्ने, लगानीकर्ताको वर्गीकरण गरी दीर्घकालका लागि ३ प्रतिशत र अल्पकालका लागि ५ प्रतिशत लाभकर कायम गर्नुपर्ने, केवाइसीलाई डिजिटलाइज गर्नुपर्नेलगायत मुख्य माग राखेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...