
कमला थापा / २०८२ असोज ३० गते।
उक्त भनाइ राजनेता विपी कोइरालाको हो। विपी कार्यकर्ताहरुलाई सधैं यही भन्ने गर्नुहुन्थ्यो। “ठूलो मान्छे हैन असल मान्छे बन्नुपर्छ” विपीका उक्त भनाईलाई मान्ने, मनन गर्ने कार्यकर्ताहरु सायद बिरलै पाइन्छ होला। जो शासन र सत्ताका वरिपरि छन्। तिनले विपीका आदर्श बिर्सिए। जो नव धनाढ्य भएर कांग्रेसमा अड्डा जमाएका छन्, तिनलाई थाहै छैन। विपी कोइरालालाई बुझेकै छैन। त्यस्तैको बाहुल्यता अहिले कांग्रेसमा छ। जस्को परिणाम आज सिंगो कांग्रेसले ब्यहोर्नु परेको छ। अकुत सम्पत्ति आर्जन गरेर संसारकै धनि कहलिने रहरले फिलिपिन्सका राष्ट्रपति मार्कोस र श्रीमती इमिल्डा मार्कोसले देशै छोडेर भाग्नुपर्यो। त्यस्तै उद्देश्य राख्नेहरुले आज कांग्रेसलाई बदनाम बनायो। राजनिति अत्यन्त बदनाम हुन पुग्यो। मादादास्कर देशमा डंभर्खरै भएको Gen Z आन्दोलनले सत्ता पलट भयो। राष्ट्रपति भागे, पूर्व सेनाका जनरललाई राष्ट्रपति बनाएको छ। राज्य सत्ता चलाउने हिजो र आजकाले यो हेक्का राख्न जरुरी छ।
Gen Z आन्दोलनमा भौतिक संरचनादेखि शारिरिक चोटसम्म खान पुगेका सभापति देउवालाई पद छोड्ने दवाव यतिसम्म बढ्दै गयो की विशेष अधिवेशन बोलाउन जिल्ला, जिल्लामा महाधिवेशन र महासमितिका सदस्यहरुको हस्ताक्षेर संकलन गरियो र हिजो ५१% पुर्याएर केन्द्रिय कार्यालयमा दर्ता समेत गरेको कुरा सुनिदै छ। नियमित अधिवेशन आउन मात्र दुई महिना बांकी छ। महाधिवेशन प्रतिनिधिहरुको म्याद सक्किसक्यो त्यो हस्ताक्षरको के औचित्य रहन्छ। दोस्रो कुरा अप्ठेरो परेको, खौलामा परेको बिमारीलाई सात पुस्ताको दुस्मनी भएपनि मानविय हैसियतले सहयोग वा सहानुभूति प्रकट गर्नुपर्छ। ठिक भएपछि कारवाही अगाडि बढाउन सकिन्छ। तर त्यस्तो भएन आफ्नै महामन्त्रीले गलहत्याउने र पार्टी अफिसमा सभापतिको संबोधनलाई अन्तिम संबोधन भन्नसम्म भ्याए। यो शब्दलाई भोलि हुने सभापतिको उम्मेदवाहरुले बुझ्न जरुरी छ। यस्ता अवसरबादिहरुबाट भोलि पार्टिमा निष्पक्षता हुनसक्छ भनेर कसरी विश्वास गर्ने ?”
कांग्रेसमा मौकाको फाईदा उठाउने चरम अवसरवादीता झनै बढेर गएको देखिन्छ। Gen Z आन्दोलनमा भौतिक संरचनादेखि शारिरिक चोटसम्म खान पुगेका सभापति देउवालाई पद छोड्ने दवाव यतिसम्म बढ्दै गयो की विशेष अधिवेशन बोलाउन जिल्ला, जिल्लामा महाधिवेशन र महासमितिका सदस्यहरुको हस्ताक्षेर संकलन गरियो र हिजो ५१% पुर्याएर केन्द्रिय कार्यालयमा दर्ता समेत गरेको कुरा सुनिदै छ। नियमित अधिवेशन आउन मात्र दुई महिना बांकी छ। महाधिवेशन प्रतिनिधिहरुको म्याद सक्किसक्यो त्यो हस्ताक्षरको के औचित्य रहन्छ। दोस्रो कुरा अप्ठेरो परेको, खौलामा परेको बिमारीलाई सात पुस्ताको दुस्मनी भएपनि मानविय हैसियतले सहयोग वा सहानुभूति प्रकट गर्नुपर्छ। ठिक भएपछि कारवाही अगाडि बढाउन सकिन्छ। तर त्यस्तो भएन आफ्नै महामन्त्रीले गलहत्याउने र पार्टी अफिसमा सभापतिको संबोधनलाई अन्तिम संबोधन भन्नसम्म भ्याए। यो शब्दलाई भोलि हुने सभापतिको उम्मेदवाहरुले बुझ्न जरुरी छ। यस्ता अवसरबादिहरुबाट भोलि पार्टिमा निष्पक्षता हुनसक्छ भनेर कसरी विश्वास गर्ने ?
“पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै पश्चाताप छैन। अझै उनैको हुंकार, उहि गालिगलौच उहि सामन्ती चरित्र, त्यसैमा जयजयकार गर्ने दासहरुको मनोवल बढेकै छ। छिटै प्रधानमन्त्री बन्ने र आफु रहुन्जेल कसैलाई सभापति हुनै नदिने उनको निर्धक्क निर्णय छ। साथै आफुलाई कसैको पनि फेसबुके सुझाब नचाहिएको र नदिन उर्दि सुनाइएको छ। हाम्रा पुर्वजहरुको एउटा भनाई छ। “हर मरेको कुकुरको मुख नमरेको भन्ने” त्यसैले जब कुकुरहरुले मान्छेको मासु खान्छ, नि त्यस्लाई सधै मान्छैकै मासु चाहिन्छ। अरु खादैन र उ झनझन् हिंम्सक बन्दै जान्छ। मान्छे नजिक पर्नै हुदैन झम्टेर लुछि हाल्छ। आज राजनीतिक दलका नेताहरुलाई देश लुटेको अकुत सम्पतिले त्यस्तै बनाएको छ। क्रान्तिबाट आएको सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सरकारले यत्रो नरसम्हारकारी हत्याराहरुलाई किन छाडा छोडेको ? तुरुन्त नियन्त्रणमा लिएर जेल हाल्नुपर्यो। जनता असुरक्षित भैसके।”
Gen Z आन्दोलन दबाउन निहत्था, अन्जान वालवालिकामाथि राज्य शक्तिको बर्बरतापूर्ण हत्याले एकैदिन १९ जनाको ज्यान लियो। उपचारका क्रममा रहेका समेत ७६ जनाको मृत्यु भयो। अझै संख्या बढ्ने सुनिन्छ। अंगभंग र अपाङ्ग बन्ने सख्या धेरै छ। सबैका घर रित्याए। अभागी आमाहरुको बेहाल छ। तर यति नरसंहार गर्ने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनै पश्चाताप छैन। अझै उनैको हुंकार, उहि गालिगलौच उहि सामन्ती चरित्र, त्यसैमा जयजयकार गर्ने दासहरुको मनोवल बढेकै छ। छिटै प्रधानमन्त्री बन्ने र आफु रहुन्जेल कसैलाई सभापति हुनै नदिने उनको निर्धक्क निर्णय छ। साथै आफुलाई कसैको पनि फेसबुके सुझाब नचाहिएको र नदिन उर्दि सुनाइएको छ। हाम्रा पुर्वजहरुको एउटा भनाई छ। “हर मरेको कुकुरको मुख नमरेको भन्ने” त्यसैले जब कुकुरहरुले मान्छेको मासु खान्छ, नि त्यस्लाई सधै मान्छैकै मासु चाहिन्छ। अरु खादैन र उ झनझन् हिंम्सक बन्दै जान्छ। मान्छे नजिक पर्नै हुदैन झम्टेर लुछि हाल्छ। आज राजनीतिक दलका नेताहरुलाई देश लुटेको अकुत सम्पतिले त्यस्तै बनाएको छ। क्रान्तिबाट आएको सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सरकारले यत्रो नरसम्हारकारी हत्याराहरुलाई किन छाडा छोडेको ? तुरुन्त नियन्त्रणमा लिएर जेल हाल्नुपर्यो। जनता असुरक्षित भैसके।
“दक्षिण अफ्रिकाका मानवतावादी नेता नेल्सन मण्डेला उदाहरणिय छन्। जस्ले रंगभेदविरुद्ध आजिवन लडिरहे ३० बर्ष जेल बसेका नेल्सन मण्डेला जेलमुक्त भएपछि आफ्नो देश बनाउन सफल भए। आज दक्षिण अफ्रिका विश्वमा उदाहरणिय छ। त्यस्तै सिंगापुर, मलेसिया उदाहरणिय छन्।”
राजनेताहरु जहिले पनि आफ्नो देश र जनतालाई सर्बोपरी ठान्छन्। अमेरिकाको राष्ट्रपति अब्राहिम लिंकनको भनाई छ। “हजार जनता मूर्ख भए पनि खास असर गर्दैन, तर एक नेता मूर्ख भए देश डुवाउछ” उक्त भनाई अमेरिकाका १६ औं राष्ट्पति अब्राहिम लिंकन को हो। उनी १८६१ मा राष्ट्रपति भए १८६३ मा दासप्रथा हटाए। उनलाई सुधारवादी राष्ट्रपतिका रुपमा अहिलेसम्म पनि सम्मानका साथ नाम लिने गरिन्छ। विश्वमा यस्ता उदाहरणिय नेताताहरु धेरै छन्। त्यस्तै दक्षिण अफ्रिकाका मानवतावादी नेता नेल्सन मण्डेला उदाहरणिय छन्। जस्ले रंगभेदविरुद्ध आजिवन लडिरहे ३० बर्ष जेल बसेका नेल्सन मण्डेला जेलमुक्त भएपछि आफ्नो देश बनाउन सफल भए। आज दक्षिण अफ्रिका विश्वमा उदाहरणिय छ। त्यस्तै सिंगापुर, मलेसिया उदाहरणिय छन्।
“विपी कोइराला र दुरदर्शी राजा श्री ५ महेन्द्र शाह जस्ता ब्यक्तिहरुको अभाव जनतामा खड्किएको छ। देशको यो दुर्दशाबाट देशले छिटो मुक्ति पाउन ०४७ सालको संबिधान र संबैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्रनै एक मात्र विकल्प हो भन्ने जनताको ठहरलाई ढिलो नगरौं राजनैतिक दलहरुमा अझैपनि नदेखिएको लज्जाबोध पर्खिरहने अबस्था छैन। अरु रक्तपात अब देशले ब्यहोर्न सक्दैन। हत्याराहरुलाई भगाउने र सम्रक्षण दिने काम यो सरकारले अबिलम्ब रोकोस, सरकारलाई खवरदारि जनताले गर्नुपर्छ।”
नेपालमा राजनेता विपी कोइराला र दुरदर्शी राजा श्री ५ महेन्द्र शाह जस्ता ब्यक्तिहरुको अभाव जनतामा खड्किएको छ। देशको यो दुर्दशाबाट देशले छिटो मुक्ति पाउन ०४७ सालको संबिधान र संबैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्रनै एक मात्र विकल्प हो भन्ने जनताको ठहरलाई ढिलो नगरौं राजनैतिक दलहरुमा अझैपनि नदेखिएको लज्जाबोध पर्खिरहने अबस्था छैन। अरु रक्तपात अब देशले ब्यहोर्न सक्दैन। हत्याराहरुलाई भगाउने र सम्रक्षण दिने काम यो सरकारले अबिलम्ब रोकोस, सरकारलाई खवरदारि जनताले गर्नुपर्छ। जनता अत्यन्त असुरक्षित महसुस गर्न थालेका छन्। प्रधानमन्त्री सुशीला कार्की सरकारको अबिलम्ब ध्यान जाओस्। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन।
जय नेपाल।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
