News Portal

स्वास्थ्यमन्त्री शर्माको चेतावनी : “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्”

२७९ पटक

काठमाडौं, कात्तिक ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नवनियुक्त मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रालयका सबै तहका कर्मचारीलाई पारदर्शिता कायम राख्न निर्देशन दिँदै भ्रष्टाचार विरुद्ध कडा चेतावनी दिएकी छन्। पदभार ग्रहण गरेसँगै उनले भनिन्, “कहीं कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्, प्रशासनिक र आर्थिक दुवै पक्षमा स्वच्छता अनिवार्य छ।”

मन्त्री शर्माले मन्त्रालय र अन्तर्गतका निकायबाट प्रवाह हुने सेवाहरू नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै सेवाग्राहीलाई दुःख दिने, फाइल रोक्ने वा अनावश्यक झन्झट सिर्जना गर्ने प्रवृत्तिलाई पनि भ्रष्टाचारकै रूपमा गणना गरिने बताइन्।

उनले स्मरण गर्दै भनिन्, “जब म सचिव थिएँ, भ्रष्टाचारसँग लड्नु सबैभन्दा ठूलो चुनौती थियो। राजनीतिक हस्तक्षेपले धेरै कुरा सम्भव भएन, त्यसैले राजीनामा दिएँ।”

अबको आफ्नो कार्यकालमा खरिद प्रक्रिया पारदर्शी बनाउने, शून्य भ्रष्टाचार नीति लागू गर्ने र स्वास्थ्य सेवा वितरणमा सुधार ल्याउने उनको योजना छ।

शर्माले मानसिक स्वास्थ्य, जनशक्ति व्यवस्थापन र मातृ–शिशु मृत्युदर घटाउनेलाई प्राथमिकतामा राख्ने बताइन्। साथै, जेनजी आन्दोलनमा शहीद भएका परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बीमा, घाइतेहरूलाई निरन्तर निःशुल्क उपचार, र विदेशमा रहेका श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि विशेष योजना अघि सार्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले श्रम मन्त्रालय र अर्थ मन्त्रालयसँग सहकार्य गर्दै विदेशमा रहेका नेपालीहरूलाई स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने सम्भावनाबारे पनि छलफल अघि बढाउने बताइन्।

प्रतिकृया दिनुहोस्

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...