News Portal

कुवेतमा घरेलु कामदारको नाममा फस्टाउँदै मानव बेचबिखन, नेपाली दुतावास मौन !

७१८ पटक

हिमालीसंचार
कुवेत। नेपालमा पर्याप्त रोजगारी नपाएपछि वैदेशिक रोजगारमा जान बाध्य हुन्छन्। वैदेशिक रोजगारमा अहिले पछिल्लो समय धेरै नै युवा युवतीदेखि वैदेशिक रोजगारमा जाने क्रम बढेको छ। कुवेतमा कार्यरत हजारौं विदेशी घरेलु कामदारहरू शोषण, दुव्र्यवहार र असुरक्षाको चपेटामा परिरहेका छन्।

नेपाल, फिलिपिन्स, भारत, बंगलादेशलगायतका देशबाट घरेलु कामका लागि कुवेत पुग्ने महिलाहरू दैनिक १२ देखि १६ घण्टाभन्दा बढी काम गर्न बाध्य छन्। धेरैजसोको पासपोर्ट जबरजस्ती राखिने, फोन प्रयोग गर्न नपाउने, नियमित तलब नपाउने र मानसिक तथा शारीरिक हिंसासमेत भोग्नुपरेको पीडितहरूले बताएका छन्।

समाजलाई केही राम्रो गर्नुपर्छ र केही राम्रो सन्देश दिनुपर्छ भन्दै आएका विजय खत्री बर्गर किङमा म्यानेजरमा कार्यरत छन्। बाँकी बचेको समय समाजलाई केही राम्रो बाटोमा लैजानुपर्छ भनेर लागि परेका छन।

यसैबीचमा विजय खत्री हिमालीसंचार मिडियासँग कुराकानीमा भने- खाडीमा रहेका नेपाली दूतावासहरु श्रमिकको हकहितमा काम नभएको भन्दै कुवेतबाट त  झनै समस्या बढिरहेको कुरा बताए। जनश्रमजीवी जुझारु युवाले टिकटक मार्फत  नेपाल दूतावास कुवेतलाई श्रमिकको हकहितमा काम गर्न नसकेको भनेर आरोप लगाए।

नेपाल दूतावास कुवेतलाई विजय खत्रीले आरोप लगाउँदै भने के लास पठाउन मात्रै दूतावास बसेको हो भनेर समेत भने।

सन्दर्भ कुवेतको उदाहरणको लागि नेपालबाट घरेलु कामदार बन्द भएपनि नेपाली दलाल तस्करहरूले कुवेतमा घरेलु कामदार ल्याइरहेको जानकारी समेत विजय खत्रीले बताए। नेपाली एजेन्ट र तस्करहरुकै चलखेलमा घरेलु कामदारले दुःख पाएको र मानवता हराएका एजेन्ट तस्करहरूले नेपालबाट विभिन्न सोझासाझा चेलीहरूलाई विभिन्न प्रलोभन लोभ देखाएर कुवेत ल्याएर बेची सकेपछि उनीहरु सम्पर्कमा रहदैनन्।

न त सम्पर्कमा रहन्छन अनि पछि ती चेलीकाेे मोबाइल ब्लक गरेर बस्छन्। आएको म्यासेजहरु इग्नोर गरिन्छ। त्यो अवस्थामा ती चेलीहरु एउटा अन्जान घर मालिकको घरमा एकान्तमा भएपछि धेरै पिडाहरु साथ काम गरेका हुन्छ। काम गर्ने घरबाट बाहिर जान सकिन्न।

त्यो अवस्थामा काम गर्ने थालेपछि एक्लोपन भएर बस्दै गर्दा शारीरिक मानसिक यातना दिँदै गर्दा चेलीहरुको एउटा सूचना प्रवाह गर्ने अधिकार पनि खोसिएको हुन्छ। मोबाइल पनि खोसिएको हुन्छ।

अप्ठ्यारो पर्दाखेरि गुहार्ने ठाउँ पाए भएको हुँदैन तर यो कुरालाई लिएर नेपाल एम्बेसीमा पुग्यो भने राजदूतले के भन्नुहुन्छ भने कुवेतको कानुनमा कुवेतको पुलिसलाई पनि त्यहाँ गएर जाने अधिकार हुदैन।

हामीले त सूचना पाएको आधारमा कसरी जाने र भन्ने जवाफ दिनुभयो। राजदूतले के यस्ता कुराकाे समाधान हुँदैन।

विभिन्न देशका बिभिन्न देशमा रहनु भएका राजदुतहरु विभिन्न देशका परराष्ट्रमन्त्री, श्रम मन्त्रीहरु सबै ठाउँमा त अवश्य पनि बसिरहनुभएको। के तपाईले आजसम्म यस्ता हक अधिकारका लागि बोल्नु भएको छैन। के चिया पिउन मात्रै भेट्न जानुभएको हाे भनेर विजय खत्रीले भने। विजय खत्री यसो भन्छन् महामहिमज्यू र मन्त्रीस्तरीय बैठकमा भेटघाट हुँदा चियापान र खानपानमा मात्रै फोटोमा सीमित भएको समेत भनेर आरोप लगाए।

एउटा ती चेलीहरुले अप्ठ्यारो पर्यो भने घरकामा काम गर्ने घरेलु कामदारकाे मोबाइल समेत हस्तक्षेप गरिएको हुन्छ। नेपाली एम्बेसीले अडिक भएर बोल्न सक्यो र लागु गर्न लागू गर्न सकेमा हाम्रो चेलीबेटीहरू त्यति धेरै समस्या र दुःखमा नपर्ने कुरो समेत बताए।

नेपाल सरकारले कुवेतमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको भए पनि केही नेपाली एजेन्ट तथा मानव तस्करहरू गैरकानुनी रूपमा कामदार पठाइरहेका छन्।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...