News Portal

  • दीपक बस्नेतको पहलमा झापाकी असाय आमा जानुका चौधरीको घर निर्माणमा देश–विदेशबाट सहयोग

    ३५९ पटक

    कुवेत-झापा कन्काई नगरपालिका–४ मनकामना टोलकी ७५ वर्षीया असाय आमा जानुका चौधरीको जीवनमा नयाँ उज्यालो छाएको छ। सामाजिक अभियन्ता दीपक बस्नेतको पहलमा देश–विदेशमा रहेका सहयोगी नेपालीहरूको साथ र सहयोगले उहाँका लागि नयाँ घर निर्माण हुने भएकाे छ।

    साँच्चिकै न्यानो बासका लागि वर्षौंदेखि संघर्ष गरिरहेकी जानुका आमाको अवस्था दीपक बस्नेतमार्फत सार्वजनिक भएपछि सहयोगी मनहरू सक्रिय भए।  विभिन्न देशमा रहेका नेपालीहरूले आ–आफ्नो सामर्थ्य अनुसार सहयोग गरे।

    यस अभियानमार्फत जम्मा भएको आर्थिक सहयोगले जानुका आमाको लागि एउटा सुरक्षित, सानो तर सुन्दर पक्की घर निर्माण कार्य सम्पन्न गरिएको हो। घर बनाउने काम पारदर्शी, योजनाबद्ध र दिगो बनाउने उद्देश्यका साथ अगाडि बढाइएको थियो। जानुका आमा नयाँ घरमा बन्ने भएपछि   अत्यन्त खुशी देखिनुहुन्छ।

    म यो उमेरमा आफ्नै घरमा बस्न पाउँछु भन्ने कल्पना पनि गरेकी थिइनँ।  सहयोगी मनहरूलाई खुशी राखून,” जानुका आमाले आँखा रसाउँदै भनिन्।यो कार्यको अगुवाइ गरेका दीपक बस्नेतले भने, “हाम्रो सानो पहलले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण हो।यो अभियानको लिडर भने दीपक बस्नेत हुन्।

    कुवेतमा कार्यरत बस्नेतले जानुका आमाको असहज र दुःखद जीवनको कथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि सहयोगी मनहरूले त्यसलाई आत्मसात् गरे। नेपाल, खाडी मुलुकहरू, अमेरिका, अष्ट्रेलिया, युके लगायत विभिन्न देशमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरे।

    संयुक्त प्रयासबाट संकलित रकमबाट जानुका आमाको लागि सुरक्षित र व्यवस्थित पक्की घर निर्माण गरियो। जीवनको उत्तरार्द्धमा आफ्नै घरमा बस्न पाउनु उहाँका लागि स्वप्नजस्तै बन्यो।हालसम्म ४ लाख भन्दा माथि रकम उठिसकेको छ भने दार्जिलिंग मिरिक भारत बस्ने मिस्टर प्रधान जो ITTM.GROUP को CEO बाट २ लाख सहयोग भएकाे छ।घर बनाउनको लागि लगभग ७ लाख जति रकम चाहिने दीपक बस्नेतले बताए ।

    असोज २८ मा घर शिलान्यास गरि तिहार पछि बाट घर निर्माण सुरू गरिनेछ

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...