News Portal

दुर्गा प्रसाईं र उपत्यकाका प्रशासनिक प्रमुखबीच छलफल

२०९ पटक

काठमाडौं, कात्तिक ९ — विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखबीच आज आइतबार काठमाडौंमा छलफल भएको छ।

छठ पर्वपछि आन्दोलन गर्ने प्रसाईंको भनाइ सार्वजनिक भएपछि प्रशासनले चासो देखाउँदै उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बोलाएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलका अनुसार, छलफलमा उपत्यकाका तीनै जिल्लाका सीडीओ र प्रहरी प्रमुख उपस्थित थिए। बैठकमा प्रसाईंले अहिले कुनै आन्दोलन कार्यक्रम नरहेको स्पष्ट पारेका छन्।

पौडेलका भनाइ अनुसार, छलफलमा प्रसाईंका पछिल्ला अभिव्यक्ति र सामाजिक सञ्जालमा फैलिएका गतिविधिबारे पनि कुराकानी भएको थियो। प्रसाईंले प्रशासनलाई हाल आन्दोलन गर्ने कुनै योजना नभएको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...