
– कमला थापा
२०८२ असोज २३ गते।
भ्रष्टाचार, अनियमितता, अन्याय र दण्डहिनता बिरुद्ध भएको Gen Z आन्दोलन पछि बनेको सरकारले पनि अन्तत त्यसैलाई निरन्तरता दिने अबस्था देखियो। हिजो राति १० बजेदेखि ३ बजेसम्म बसेको मन्त्रिपरिषद्को बैठकले असोज २३ गते भएको नरसंहारका जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री लगायतका निकाए, ब्यक्तिहरु बिरुद्ध कारवाही अगाडि बढाउन नसक्ने लाचार दलिल प्रस्तुत गर्यो। कारवाही अगाडि बढाउदा उत्पन्न हुन सक्ने सम्भाबित खतरालाई मध्यनजर गर्नु पर्ने भन्ने सुझावलाई अगाडि सार्दै सरकारले परिस्थिति को सामना गर्ने हिम्मत जुटाउन सकेन। यत्रो नरसंहार पछि बनेको सरकार आखिर दण्ड हिंनताकै परिस्थितिमा उभिने र यदि कारवाही गरियो भने भोली आफुहरु माथि पनि त्यही परिस्थिति आउन सक्ने भन्ने निचोड निकाल्दै सरकार पन्छिने पक्षमा देखियो। यस्तो निर्णयबाट देशमा अझै भयावह स्थिति उत्पन्न नहोला भन्न सकिन्न।
निर्दोष बालबालिकाले न्याय नपाउने अबस्था रहन्छ। न्यायमा ढिलो गरिनु न्याय नपाउनु सरह नै हो। अहिलेको सरकार न्यायिक मुल्य र मान्यता प्रति जानकार नभएको हुदै होइन। कसका प्राप्त प्रधानमन्त्री, न्याय क्षेत्रमा ओकालत गरेका गृहमन्त्रीलाई सम्झाई रहनु पर्ने कुरा होईन। यो त अपराधिक कर्ममा संलग्न सरकार र पार्टिहरुलाई आफ्नो बचावटको लागि दिईएको मौका अर्थात सुबिधाको अर्थमा बुझ्न सकिन्छ।
२३/२४ गतेको नरसंहारको लागि बनाइएको छानबिन आयोग को मिति ३ महिना दिईयो। छानबिनलाई दुई चरणमा गरिनु पर्थो स्कूलका ड्रेसमा आएका निहत्था बालबालिका माथि नरसंहारमा संलग्न सरकारका पदाधिकारीहरुलाई तुरुन्त नियन्त्रणमा लिएर कारवाही अगाडि बढाउने र २४ गतेको तोडफोड, आगजनी र लुटपाटलाई अलिक समय दिएर अनुसन्धान अगाडि बढाउनु पर्ने थियो। तर त्यस्तो भएन, अनुसन्धानको आयू लामो हूँदा सबुतहरु लुकाउने, मेटाउने र अपराधिहरुको मनोबल बढ्नुका साथै षड्यन्त्र का तानावाना बुन्ने मौका दिइएको भन्ने अर्थमा बुझ्न सकिन्छ। साथै निर्दोष बालबालिकाले न्याय नपाउने अबस्था रहन्छ। न्यायमा ढिलो गरिनु न्याय नपाउनु सरहनै हो। अहिलेको सरकार न्यायिक मुल्य र मान्यता प्रति जानकार नभएको हुदै होइन। अबकास प्राप्त प्रधानन्यायाधीश प्रधानमन्त्री, न्याय क्षेत्रमा ओकालत गर्दै आएका बरिष्ठ ओकिल गृहमन्त्रीलाई सम्झाई रहनु पर्ने कुरा होईन। यो त अपराधिक कर्ममा संलग्न सरकार र पार्टिहरुलाई आफ्नो बचाओटको लागि दिईएको मौका अर्थात सुबिधाको अर्थमा बुझ्न सकिन्छ। त्यसैले त आजदेखि बिभिन्न प्रकारका माग र संसद पुनर्स्थापनाको रिट लिएर अदालत जादैछन्।
अपराधिहरुलाई छिटो कारवाहीको दायरामा ल्याउन जिएन जी आफैले सुसिला कार्कीको पाउमा ढोग्दै लम्पसार परेर बनाएको सरकारलाई दवाव दिइरहेको छ। यसले परिवर्तनकारीका माग अलपत्र पार्ने र जिएन जी आन्दोलनलाई असफल बनाउने सरकारको नियति नहोला भन्न सकिन्न। कारण प्रष्ट छ, यहि ब्यबस्था , यहि संविधान भित्र सुविधा जनक काम गर्दै आएका ब्यक्तिहरु नै छन्। हिजोका शासकहरूले अराएको काम गर्दैनन् भनेर कसरी भन्न सकिन्छ ? जिएन जी ले बुझ्नुपर्ने कुरा यहि हो। यदि आन्दोलनको मर्मलाई बुझेको भए पार्टि र रास्ट्रपतिले जे जे भन्यो सरकार त्यहि त्यही किन गर्छ ? अब तपाईहरु स्पष्ट हुन जरुरी छ। तपाईहरुको लडाई यहि ब्यबस्थाका हत्यारा, भ्रष्ट, बिदेशी दलाल, तस्करका शिरोमणिहरुलाई धोइपखाली गर्नु मात्र हो की ? भ्रष्ट ब्यबस्था नै परिवर्तन गर्नु हो ? यदि यिनिहरुलाई धोइपखाली गरेर सुधार्छु भन्ने लाग्छ भने यहि सरकारले तपाईहरुलाई नै भोली जेल हालेर सजांय नगर्ला भन्न सकिन्न। ५० औं बर्ष देखि कानून हातमा लिएर देश लुट्दै, जनता मार्दै, भ्रष्टाचार र तस्करी गर्दै माफियाहरु पाल्दै आएका लुटतन्त्र र अपराध कर्ममा साम्राज्य चलाउँदै आएका खुंखार अनुभब हांसिल गरेकाहरु संग जित्न सजिलो छैन। सिर उठाउन थालिसके। त्यसैले तपाईहरु प्रष्ट हुन जरुरी छ।
नक्कली भूटानी शरणार्थीका नाममा होस् या भिजिट भिसामा होस्, चाहे MCC र SPP का नाउमा होस्। देश बेचिसकेका छन्। मात्र घोषणा हुन बांकी हो। त्यसैले हामी प्रस्ट हुन जरुरी छ। हाम्रो देश र हामी सुरक्षित छैनौं देश सुरक्षित रहन राजसंस्थाको अपरिहार्यता बढदै गएको अवस्था जनताले महसूस गरिसकेका छन्।
देशलाई अब स्थायी अभिभावकको अत्यन्त जरुरत छ। यो ब्यबस्था र यसका सम्राटहरुले देश सिध्याई सकेका छन्। देश भनेको जनता हो तर जनतालाई दास तुल्य बनाएर अनेक रुपमा जनता बेचिसके। चाहे नक्कली भूटानी शरणार्थीका नाममा होस् या भिजिट भिसामा होस्, चाहे MCC र SPP का नाउमा होस्। देश बेचिसकेका छन्। मात्र घोषणा हुन बांकी हो। त्यसैले हामी प्रस्ट हुन जरुरी छ। हाम्रो देश र हामी सुरक्षित छैनौं देश सुरक्षित रहन राजसंस्थाको अपरिहार्यता बढदै गएको अवस्था जनताले महसूस गरिसकेका छन्। राजा श्री ५ ज्ञानेन्द्र शाहबाट पनि पटकपटक आब्हान गरिबक्सेको छ। राजसंस्था,जनता र सबै दलहरुको एकताबाट मात्र हामी सुरक्षित हुनेछौं । सबै मिलेर हाम्रो स्वाधिन, स्वतन्त्र, सार्वभौम राष्ट्रको रक्षा गरौं भन्ने सन्देशलाई पार्टिहरुले कमजोरी नसम्झिनु उपयूक्त हुने छ। यसैमा पार्टिहरुको सौभाग्य हुनेछ। अन्यथा महाभारतको यूद्वमा घमण्ड र अहंकारले भरिएको दुर्योधनको जस्तो अबस्था नेताहरुको नहोला भन्न सकिन्न। बेलैमा ध्यान जावोस।
राजसंस्था पुनर्स्थापित गरेर हाम्रो राष्ट्र, राष्टि्यता, धर्म , संस्कृति, रीतिरिवाज, परम्परा जातजाति, भाषाभाषी सबैको सम्रक्षण गर्नु छ। राज शक्ति देश भक्ति, आजको आबस्यकता हो। त्यस्को लागि पृथ्वीनारायण शाहको दिव्य उपदेशमा आधारित उनैले निर्माण गरेको एकिकरणको जगमा उभिएर भू-राजनितिक जटिलतालाई बुझन जरुरी छ।
राष्ट्र र जनताको आबस्यकता संबैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र, ०४७ सालको संबिधान नै अन्तिम बिन्दु हो, भन्ने अठोट जनताले गरिसकेका छन्। जुन संबिधान जनता, पार्टि र राजाको संयुक्त समझदारीमा बनेको थियो। जस्मा माओवादीका नेता निर्मल लामाको समेल उपस्थिति थियो। अन्तरिम सरकारका प्रधानमन्त्री शन्त नेता स्व.कृष्ण प्रसाद भट्टराई को सुझबुझ पूर्ण प्रयासमा लेखिएको संबिधान सबैलाई सूइकार्य संबिधान मान्न सकिन्छ। अब राजसंस्था बिना देश सुरक्षित हुनसक्दैन। आज सम्म जिनतिन देश सुरक्षित रहेको राजा सिंहासनमा नभए पनि राजा श्री ५ ज्ञानेन्द्र शाह देशमै हुनुको सौभाग्य हो। अन्यथा यिनिहरुले कहिले बिदेशीलाई जिम्मा लगाई सक्ने थिए। धर्म, संस्कृति त सबै बेचिसकेका छन्। राजसंस्था पुनर्स्थापित गरेर हाम्रो राष्ट्, राष्टि्यता,धर्म , संस्कृति, रीतिरिवाज, परम्परा जातजाति, भाषाभाषी सबैको सम्रक्षण गर्नु नै राष्ट्रको हितमा छ। राज शक्ति, देश भक्ति, आजको आबस्यकता हो। त्यस्को लागि पृथ्वीनारायण शाहको दिव्य उपदेशमा आधारित उनैले निर्माण गरेको एकिकरणको जगमा उभिएर भू-राजनितिक जटिलतालाई बुझन जरुरी छ। त्यसैले राजा श्री ५ ज्ञानेन्द्र शाहले ” पृथ्वी पथ ” नै मार्ग दर्शन बनाएको बुझ्न सकिन्छ। देश रहे हामी रहन्छौं, देशै नरहे हामी कहां रहन्छौ ” यो मर्मलाई बुझनु नै हामी नेपाली को धर्म हो। हामी नेपाली देश रहे हामी रहन्छौं, देशै नरहे हामी कहां रहन्छौ ” यो मर्मलाई बुझनु नै हामी नेपाली को धर्म हो। हामी नेपाली आज सम्म कोसैको गुलाम हुनुनपरेको शाहबंशिय इतिहांस र हाम्रा पुर्खाले जोगाएको स्वाधिन राष्ट् हो। यसको रक्षा गर्नु सबै नेपालीको कर्म र धर्म हो, यहि कर्म गरौं। राजनैतिक दलहरुमा सद्बुद्धि आवोस श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।