News Portal

अटो लोनमा उपभोक्ताको आकर्षण, बैंकहरुले गरे करिब २ खर्ब लगानी

हिमाली संचार संवाददाता
७११ पटक

हेमन्त जोशी/काठमाडौं – यस वर्षको नाडा अटो शो उद्घाटन कार्यक्रममै अर्थमन्त्री डा. युवराज खतिवडाले निजी सवारी साधनका उपभोक्ताका लागि एउटा सुझाव दिनुभयो–‘तपाईहरु ऋण लिएर सवारी साधन नकिन्नुहोस् । पहिला कमाउनुहोस् र आफ्नो आवश्यकता हेरेर मात्र खरिद गर्नुहोस् ।’ अर्थमन्त्री खतिवडाको उक्त भनाइबाट सायद न त अटो व्यवसायी खुशी भए, न त बैंंक तथा वित्तीय संस्था नै । तर, वार्षिक रुपमा बढ्दो सवारी साधनको संंख्या र बैंक तथा वित्तीय संस्थाले सवारी कर्जामा प्रवाह गरेको ऋण लगानीको तथ्यांक हेर्दा हरेक मानिस आफ्नै सवारी साधनका लागि कति लालायित छन् भन्ने कुरा स्पष्ट हुन्छ ।

सवारी साधनको कुम्भ मेला मानिँदै आएको नाडा अटो शो राजधानीमा जारीे छ । तर, हरेक वर्ष शोमा सहभागिता जनाउँदै आएका बैंक तथा वित्तीय संस्थाले भने यसवर्ष आफ्ना स्टल राखेनन्। बीमा कम्पनीहरु पनि मेलामा देखिएनन् । नाडा अटो शो आयोजक समितिले भने बैंक, वित्तीय संस्था र बीमा कम्पनीका लागि स्टल राख्न ठाउँ अभाव भएका कारण सहभागी नएको जनाएको छ । शोमा भ्रमण गर्ने अवलोकनकर्ताले बैंकहरुले कर्जामा दिने ब्याजको प्रतिशत, कर्जा अवधि, डाउन पेमेन्ट, सेवा शुल्कमा छुटलगायतका जानकारी पाउने अवसर भने छुटाए ।

अहिले अटो वा हायर पर्चेज कर्जाका रुपमा बैंकहरुले प्रवाह गर्ने कर्जामा ३५ प्रतिशत डाउन पेमेन्टको व्यवस्था छ भने केही बैंक तथा वित्तीय संस्थाले भने आफ्ना केही योजनामार्फत् ब्याजदरमा केही छुट दिएका छन् । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा अटो कर्जाका लागि ३५ प्रतिशत डाउन पेमेन्ट र ६५ प्रतिशत फाइनान्सिङ गर्नुपर्ने प्रावधान अनुरुप नै बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरिरहेका छन् । तर, हरेक संस्थापिच्छे हुने फरक ब्याजदर र त्यसैका लागि उनीहरुबीच हुने प्रतिस्पर्धाका कारण सवारी कर्जाका नाममा बैंक वित्तीय संस्थाले गर्ने लगानी वर्षेनी बढ्दो क्रममा छ ।

यस अर्थमा पनि बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा प्रतिस्पर्धा गरेर ग्राहक तानेको बुझ्न सकिन्छ । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले सजिलै कर्जाको अफर, शँन्य प्रिमियम कर्जा तथा ब्याजदरमा पनि केही छुटलगायतका आकर्षित भएका हुन । केही बैकले न्युन प्रिमियम राखेर ब्याजदर निर्धारण गरेका छन भने केही बैंकहरुले शँन्य प्रिमियममा पनि सेवा दिइरहेका छन् । कर्जा चुक्ता गर्ने समायावधिमा देखिएको अन्तरले ब्याजदरमा पनि केही असर पार्ने भएपछि मासिक किस्ता भुक्तानीमा सहजता ल्याइदिएर पनि ग्राहक आकर्षित गर्न बैंक वित्तीय संस्था लागिपरेका छन ।

कुनै समय ७ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरेका बैंकहरुले तरलता अभावको समस्या पछि भने १२ देखि १५ प्रतिशतसम्म पु¥याएको थिए । तर, तरलता समस्या हट्दै गएपछि कर्जा ब्याजदरमा पनि कमि आउन थालेको हो । त्यसको उदाहरणका रुपमा हाल बैंकहरुले कर्जामा १० देखि १२ प्रतिशतसम्म उपलब्ध गराएको ब्याजदरलाई लिन सकिन्छ । केही समयअघि बैंकहरुमा लगानीयोग्य रकमको अभावलाई कम गर्न भन्दै डाउनपेमेन्ट ५० प्रतिशतमा झारिएपछि कर्जा लिएर सवारीसाधन खरिद गरेकाले बैंकहरुको बढ्दो ब्याजदरको कारण तिर्दै आएको मासिक किस्ता (ईएमआई) बढेको थियो । तर, अहिले तरलता अभावको समस्या केही हदसम्म सल्टिएपछि कर्जामा ब्याजदर नबढ्ने र कर्जा लिएकाहरुले तिर्नुपर्ने ईएमआई डाउनपेमेन्ट बढेको अवस्थामा स्वतः घट्ने भएपछि ब्याजदरमा स्थिरता पनि देखिँदै गएको छ । जसका कारण अझै पनि सवारी कर्जाको ‘क्रेज’ उत्तिकै देख्न सकिन्छ ।

विद्युतीय सवारी साधनमा थप छुट
गत वर्षजस्तै यस वर्ष पनि नाडा अटो शोमा विद्युतीय गाडीलाई अवलोकनकर्ताले चासोका साथ हेरिरहेका थिए । मौद्रिक नीतिअनुसार नै विद्युतीय सवारी साधनमा कर्जाको सीमा ८० प्रतिशत रहेको छ भने विद्युतीय सवारीको खरिदमा ग्राहकले २० प्रतिशतमात्र डाउन पेमेन्ट गरे पुग्छ । उदाहरणका लागि ५० लाख मँल्य पर्ने गाडी खरिदमा ग्राहकले १० लाख मात्र डाउन पेमेन्ट गर्नुपर्छ ।

घट्दो ब्याजदर, बढ्दो लगानी
बैंक तथा वित्तीय संस्थाले सवारी कर्जा तथा ‘हायर पर्चेज लोन’ शीर्षकमा गरेको लगानी वर्षेनी बढ्दो क्रममा देखिएको छ । ५ वर्ष अघिसम्म करिब ६० अर्ब रुपियाँ सवारी कर्जाका रुपमा लगानी हुनेगरेको उक्त तथ्यांक बढेर हाल १ खर्ब ७० अर्ब रुपियाँ नाघिसकेको छ ।
बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७४÷७५ मा अघिल्लो आर्थिक वर्ष २०७३÷७४ को तुलनामा करिब १३ प्रतिशतले सवारी कर्जाको रकम बढाएर शो शीर्षकमार्फत् १ खर्ब ७१ अर्ब ५ करोड रुपियाँ ऋण लगानी गरेको नेपाल राष्ट्र बंैकको तथ्यांकले देखाउँछ ।

केही हदसम्मा आम उपभोक्ताको क्रयशक्तिमा भएको वृद्धिका कारणले पनि सवारी साधन बढी खपत हुनु स्वभाविकै हो । बंैकहरूसँग लगानीयोग्य पुँजी नभएका कारण ऋण लगानी गर्न नसकेको भन्ने अवस्था अहिले छैन । सामान्यतया बैकहरूले ‘ट्रम लोन’का रुपमा हायर पर्चेजमा १० देखि १३ प्रतिशतसम्म ब्याज दिने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...