News Portal

  • ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    १०६ पटक

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित देशहरूमध्ये एक बनेको छ। कहिल्यै पूर्ण स्थिर शासन नदेखेको यो देश अहिले राजनीतिक शून्यता, ग्याङ हिंसा र मानव अधिकार हननको केन्द्र बनेको छ।राजधानी पोर्ट-ओ-प्रिन्सका करिब ८० प्रतिशत क्षेत्र ग्याङहरूको नियन्त्रणमा छन्।
    सरकारी कार्यालय, विद्यालय, अस्पताल, सडक सबै अपराधी समूहहरूको नियन्त्रणमा पुगेका छन्।

    जनता बिहान घरबाट निस्कँदा फर्केर आउने आश्वासन छैन।अपहरण, बलात्कार, फिरौती र गोली हान्ने घटनाहरू दैनिक समाचार बनेका छन्।हाइटीमा अहिले सरकार भन्दा ग्याङ बलियो छ।

    स्वतन्त्रता जित्ने देश हाईटी सन् १८०४ मा विश्वकै पहिलो काला दासहरूले जितेको स्वतन्त्र गणराज्य को रूपमा इतिहास रचेको थियो।तर त्यसपछि देशले स्थायित्व कहिल्यै देख्न सकेन।राजनीतिक अस्थिरताले, हरेक शासक सत्तामा टिक्न मात्रै लाग्यो, राष्ट्रको भविष्यको सोचिएन, भ्रष्टाचार र कमजोर प्रशासनले न्याय, प्रहरी, सेना सबै दलका निष्ठामा बाँडिए।यस्तै विदेशी हस्तक्षेपले हरेक संकटमा बाह्य शक्तिको प्रभावले देशको स्वाधीन नीति हरायो।गरीबी र बेरोजगारी युवाहरू ग्याङमा आकर्षित भए।सबैमाझ साझा राष्ट्रिय भावना हरायो जसले गर्दा समाज जातीय, भाषिक र राजनीतिक रूपमा चिरा पर्‍यो।परिणामस्वरूप, अहिले हाइटीमा राज्य छैन, तर ग्याङहरूको गणराज्य बनेको छ।

    यस्तौ नेपाल पनि यता राजनीतिक संक्रमणको लामो यात्रामा छ।यहाँ पनि सरकार वर्षैपिच्छे बदलिन्छ,दलहरू सत्ता र स्वार्थका लागि गठबन्धन गर्छन्,न्याय प्रणाली राजनीतिक प्रभावमा छ,भ्रष्टाचार र अवसरवादी राजनीति मौलाएको छ।जनतामा असन्तुष्टि बढ्दैछ, राज्यप्रति विश्वास घट्दैछ।हाइटी पनि यस्तै अवस्थामा पुगेर पतन भयो।भोली नेपालको पनि यो स्थिति नहोला भन्न सकिन्न।

    यदि नेपालले पनि राजनीतिक अस्थिरता र नेतामुखी शासनलाई नियन्त्रण नगरे,देशमा राज्य कमजोर, अपराधी बलियो हुने जोखिम बढ्छ।हाइटीको इतिहासबाट नेपालीहरुले पनि केही उपयोगी सन्देश लिनु नै पर्छ। स्थिरता नै विकासको मेरुदण्ड हो।लगातार सरकार परिवर्तनले नीति र विश्वास दुवै तोड्छ।भ्रष्टाचारले राज्यलाई भित्रैदेखि खाइदिन्छ।पारदर्शिता र जवाफदेहीता नभए देश पतन हुन्छ।एकता नै शक्ति हो।

    जात, धर्म, पार्टीभन्दा माथि “राष्ट्र” हुनुपर्छ।युवाको दिशा तय गर्नु अनिवार्य छ।बेरोजगारी र निराश युवाहरू ग्याङ र हिंसातर्फ जान सक्छन्।राजनीतिक प्रतिस्पर्धा होइन, सहकार्य चाहिन्छ।सत्ताको लागि होइन, राष्ट्रको लागि प्रतिस्पर्धा गर्नुपर्छ।हाइटीको आज, नेपालको भोली हुन नदेऊँहाइटी आज संसारको सामु एउटा त्रासदी बनेको छ।
    राजनीतिले जब देशभन्दा ठूलो रूप लिन्छ,
    जब सत्ता र पैसाको लोभले न्यायलाई निगलेर जनतालाई विभाजित बनाउँछ,त्यो राष्ट्र ढल्छ।नेपाल अहिले त्यही मोडमा छ।यदि नेताहरूले आत्ममूल्यांकन गरेनन्।
    हामी पनि हाइटीको बाटोमा हिँडिरहेका हुनेछौं।देशको भविष्य बचाउन सबैले एकै स्वरमा भन्नु पर्ने बेला आएको छ ।हामी नेपालीहरु पार्टीको लागी होइन, राष्ट्रका लागि एक हौ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...