News Portal

  • जापानमा शक्तिशाली आँधी, नेपालीहरु सुरक्षित स्थानमा..

    हिमाली संचार संवाददाता
    ८२५ पटक

    १३ अक्टोबर २०१९ टोकियो : जापानमा आएको शक्तिशाली आँधीबाट नेपालीहरु हताहत नभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

    टोकियोस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसनका प्रमुख कृष्णचन्द्र अर्यालले जापानको समयअनुसार शनिबार राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी आएको बताए।

    ‘हामी नेपाली समुदायसँग सम्पर्कमै छौं,’ अनलाइनखबरसँगको टेलिफोन सम्पर्कमा अर्यालले भने, ‘यहाँको राति ११ बजेसम्म कुनै पनि नेपाली हातहत भएको खबर छैन।’ उनले आँधी प्रभावित क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको अवस्था बुझ्ने क्रम जारी रहेको पनि बताए।

    शक्तिशाली आँधीका कारण जापानमा बसोबास गर्नेहरु प्रभावित छन्। सन् १९५८ यताकै सबैभन्दा ठूलो भनिएको हगिबीस आँधीबाट राजधानी टोकियोसहित नागान्यो, एमानासी, गुन्मा, सिजोओका, साइपामा, सानागावालगायतका क्षेत्र प्रभावित भएका छन्।

    जापानमा करिब ९० हजार नेपाली रहेको दूतावासका अधिकारीहरु बताउँछन्। २१६ किलोमिटर प्रतिघन्टाको आँधीका कारण टोकियो शहरसहितका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ।

    उद्योग, कलकारखाना र पसलहरू पनि बन्द छन्। अधिकार क्षेत्र जलमग्न छन्। झन्डै ५१ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यसै आँधीका कारण टोकियोको पूर्वमा पर्ने चिबा भन्ने ठाउँमा मिनिट्रक दुर्घटना हुँदा ४९ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...